साताव्यापी युरोप भ्रमणमा निस्किए प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

साताव्यापी युरोप भ्रमणमा निस्किए प्रधानमन्त्री ओली


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली साता लामो युरोप भ्रमणका लागि प्रस्थान गरेका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागि भएसँगैं प्रधानमन्त्रीको युरोप यात्रा शुरु हुनेछ । प्रधानमन्त्रीको युरोप भ्रमण बेलायत र फ्रान्सको राजकीय भ्रमण हुँदै सकिने छ ।

जेनेभाको भ्रमण सकेर प्रधानमन्त्री ओली जेठ २७ गते बेलायत पुग्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली नेपालको सबैभन्दा पुरानो कुटनीतिक सम्बन्ध रहेको देश बेलायतमा तीन दिन रहेन छन् ।

प्रधानमन्त्रीले बेलायती समकक्षी प्रधानमन्त्री टेरेजा मेसँग जेठ २८ गते भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले बेलायती समकक्षी समक्ष द्विपक्षीय हितका साथै भूपू गोर्खा सैनिकका बारेमा छलफल गर्ने छन् ।

यस्तै प्रधानमन्त्री ओलीले जेठ २७ गते अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ । बेलायतको भ्रमण पछि प्रधानमन्त्री फ्रान्स पुग्नेछन् ।

फ्रान्स भ्रमणका क्रममा दुई मुलुकबीच व्यापार तथा लगानी प्रवद्र्धन सम्बन्धी सम्झौता हुने भएको छ । त्यहाँ दुई देशबीच ‘वान टु वान’ मिटिङमा सहभागी हुने कार्यक्रम तय भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल र फ्रान्सबीच पर्यटन, प्रविधि र दुई पक्षीय निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्ने कार्यक्रममा सम्झौता गरिने तयारी गरिएको छ ।

समग्रमा प्रधानमन्त्रीको युरोप भ्रमण आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन केन्द्रित हुने परराष्ट्र मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ७ : ५४ बजे

काठमाडौं उपत्यकामा कर्फ्यु थप खुकुलो, बिहान र बेलुकी आवतजावत गर्न पाइने

काठमाडौं – नेपाली सेनाले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु आदेशलाई

सन्तानब्बे नाल हतियार बरामद भएको छः नेपाली सेना

काठमाडौं – जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये

धनुषा जिल्लामा आज साँझ ६ बजेदेखि कर्फ्यु आदेश लागू

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले अर्को आदेश नभएसम्म आज

रास्वपाले अघि सार्‍यो तीनबुँदे तात्कालिक प्रस्ताव

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशको वर्तमान राजनीतिक संकट

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय