त्रिविको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ « Khabarhub

त्रिविको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज सोमबार । २०७६ साल असार २३ गते । आज प्रकाशित नयाँ पत्रिका दैनिकले कीर्तिपुरमा मात्र त्रिविको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ भन्दै विश्वविद्यालयभित्र प्रहरी चौकीदेखि राजधास्वामीको सत्संगसम्म चल्ने गरेको समाचार मुख्य प्राथमिकताका साथ प्रकाशन गरेको छ ।

समाचारमा जनाइए अनुसार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको बल्खुदेखि कीर्तिपुरसम्मको जग्गामा निजीदेखि धार्मिक संस्थासम्मले रजाइँ गरेका छन्।

त्रिविको जग्गामा रजाइँ गर्ने यस्ता संस्था २० वटा छन्। कतिपय संस्थाको रेकर्ड त्रिविको सम्पत्ति विवरण राख्ने शाखामा समेत छैन। कुनैले केन्द्रीय सरकारको सिफारिस लिएर त कुनैले आफैँ हडपेर बसेका हुन्।

त्रिविको जग्गा ओगट्नेमा कतिपय नाफामूलक संस्था पनि छन्। त्रिविका पदाधिकारीबाटै उनीहरूलाई संरक्षण मिलेको छ। केहीलाई हटाउने प्रयास भए पनि राजनीतिक संरक्षणमा जोगिएका छन्।

कीर्तिपुर परिसरमा त्रिविसँग तीन हजार ६ सय १३ रोपनी जग्गाको लालपुर्जा छ। तर, एकतिहाइ जग्गा व्यक्ति र संस्थाले उपभोग गरिरहेका छन्। जब कि, त्रिविका केन्द्रीय विभागहरूले समेत आवश्यकताअनुसार जग्गा पाउन सकेका छैनन्।

त्यस्तै नयाँ पत्रिका दैनिकले भदौभित्र संरचना गठन गरेर कांग्रेस महाधिवेशनमा जाने शीर्षकको समाचार पहिलो पृष्ठमा प्रकाशन गरेको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ६ : ५० बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव