महाधिवेशन कहिले गर्ने भन्ने विषयले कांग्रेसमा किचलो « Khabarhub

महाधिवेशन कहिले गर्ने भन्ने विषयले कांग्रेसमा किचलो


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच पार्टीको १४औं महाधिवेशन कहिले गर्ने भन्नेमा विवाद भएको छ।

पार्टी विधानको व्यवस्थाअनुसार चार वर्षभित्रै १४औं महाधिवेशन हुनुपर्ने भन्दै केन्द्रीय समितिको पहिलो अजेन्डा महाधिवेशन हुनुपर्ने असन्तुष्ट पक्षको अडानपछि शीर्ष नेताहरुबीच विवाद उत्पन्न भएको हो ।

नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले बैठकको मुख्य अजेन्डा नै महाधिवेशन र त्यसको तयारी हुनुपर्ने अडान राखेपछि आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक साँझ औचारिकता दिएर सकिएको छ।

पार्टी पदाधिकारी र पूर्वपदाधिकारीबीच लामो छलफलपछि साँझ १४बुँदे अजेन्डा तयार गर्दै केन्द्रीय समितिको बैठक स्थगित भएको छ। चैत ५ गतेपछि बोलाइएको केन्द्रीय समिति बैठकमा महाधिवेशनको विषयले प्रवेश नपाए सहभागी नहुने अडान असन्तुष्ट पक्षले राखेपछि बैठक बस्न ढिला भएको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

शीर्ष नेताबीच लामो छलफलपछि असन्तुष्ट पक्षको माग समेट्दै केन्द्रीय समितिको १४बुँदे अजेन्डा तय भएको छ। उक्त अजेन्डालाई केन्द्रीय समितिको बैठकमा पेस गरेर आइतबारको बैठक स्थगित भएको छ। पार्टी नियमावलीसहित अन्य विषयमा अध्ययनका लागि समय दिने भन्दै असार २७ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ।

केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले पार्टी नियमावली र संक्रमणकालीन व्यवस्थाअनुसार संरचनाहरु गठनपछि १४औं महाधिवेशनको प्रक्रिया सुरु गर्नेसहितका १४बुँदे अजेन्डा तय गरेको जानकारी दिए। ‘शीर्ष नेताहरुबीचको छलफलमा लामो समय लागेकाले आज (आइतबार) को बैठकमा अजेन्डामात्र पेस भयो,’ घिमिरेले भने, ‘२७ गतेको बैठकमा सबै विषयमा छलफल हुँदै जानेछ।’

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ६ : ५५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन