पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा नातिनी पूर्णिकाले लेखिन् यस्तो मनछुने कविता « Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा नातिनी पूर्णिकाले लेखिन् यस्तो मनछुने कविता


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहको ७३ औं जन्मोत्सवलाई उनकी नातिनीले कवितामार्फत सम्झिएकी छन् ।
उनले हजुरवुवाको जन्मदिन आउन लाग्दा सामाजिक सञ्जाल मार्फत सम्झिएकी छन् । जन्मोत्सवको पूर्वसन्ध्यामा उनकी नातिनी एवं पारस शाह तथा हिमानी शाहकी छोरी पूर्णिकाले एउटा भावक स्टाटस लेखेकी छिन् । त्यो पनि कवितामा ।

उनले राष्ट्रको माया झल्काउने कविता स्टाटसमा लेखेर हजुरवुवालाई सम्झिएकी हुन्। सँगै उनले आफ्ना पिता पारस शाह र हजुरबा ज्ञानेन्द्रसँगको फोटो पनि सार्वजनिक गरेकी छन् ।
उनको कविता–

चुपचापको अर्थ जस्ले जसो लाए पनि
दिलको मौनता केवल ओभानो ओठले बुझेको छ।

झरेको आँशु जस्ले जसो ठानें पनि
नानीको संनाटा केवल रसिलो परेलाले बुझेको छ।

जीवनको खुशी जस्ले जसो भनेँ पनि
छातिको हांसो केवल नथाम्ने धड्कनले बुझेको छ।

शरदको रात जस्ले जसो देखेँ पनि
हिस्सी चॉदनी केवल सहने हृदयले बुझेको छ ।

झुकेको फूललाई जस्ले जसो थामेँ पनि
मुटुको घॉऊ केवल बिझ्ने काडाले बुझेको छ।

जीवनको बाटो जस्ले जसो ठानेँ पनि
बॉच्नुको अर्थ केवल राष्ट्रको मायाले बुझेको छ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ७ : ४४ बजे

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव

नारामा सीमित क्षयरोग दिवस: हरेक वर्ष १६ हजारको मृत्यु, मधेश सबैभन्दा बढी प्रभावित

काठमाडौँ – आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक