प्रधानमन्त्रीका सल्लाहकारलाई रामकुमारीको जवाफ– सत्ताको उन्माद ! « Khabarhub

प्रधानमन्त्रीका सल्लाहकारलाई रामकुमारीको जवाफ– सत्ताको उन्माद !


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार विहान गरेको एउटा ट्वीटले नेकपामा चर्को बहस चलेको छ ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रहेका रिमालले ट्वीटमा लेखेका थिए– भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन् कसैले छोड्छन्, दुस्ख दिन्छन् १ यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ?

उनको यो ट्वीटलाई लिएर आइतबार देखि नै सामाजिक सञ्जाल निकै गर्माएको छ । राजनीतिक सल्लाहकारको भाषादेखि उनले कसलाई इंगित गर्न खोजेको भन्दै बहस निकै चलेको छ ।

यसै सन्दर्भमा नेकपाकी सांसदसमेत रहेकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमाललाई सामाजिक सञ्जालमार्फत नै कडा जवाफ फर्काएकी छिन् ।

ट्वीटमा उनले राज्यसत्ताको केन्द्रमा रहने व्यक्तिको रुपमा यो (विष्णु रिमालको) ट्वीट उत्कृष्ठ ट्वीट भएको बताएकी छिन् । यो ट्वीट सत्ताको सामाजिक चरित्रको ऐना भएको उनको भनाइ छ ।

ट्वीटमा झाक्रीले प्रश्न गरेकी छिन् सत्ता कसरी कता जाँदैछ ? यो सत्ता र उन्माद कस्तो हुन्छ भनेर आज सम्झदै गरेको उनले ट्वीटमा उल्लेख गरेकी छिन् ।
यस्तो छ उनको ट्वीट

रिमालले गरेको ट्वीटमा प्रतिक्रिया जनाउने अधिकांशले रिमाललाई कडा जवाफ दिएका छन् ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ९ : ३८ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६