‘हजार जुनीसम्म’ को भट्टीवाली गीतमा दीपाश्री बनिन् शर्मिला « Khabarhub

‘हजार जुनीसम्म’ को भट्टीवाली गीतमा दीपाश्री बनिन् शर्मिला


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – भदौ ६ देखि प्रदर्शनमा आउने फिल्म ‘हजार जुनीसम्म’ को एक गीतमा दीपाश्री निरौला र आर्यन सिग्देललाई रोमान्टिक मुडमा देखिने भएको छ । निर्माण टिमले गीत छायांकनका केही तस्वीर आउट गरेको छ ।

सार्वजनिक गरिएका तस्वीरमा दीपाश्री निरौला र आर्यन सिग्देलले रोमान्स गरेको देख्न सकिन्छ । यस्तै अर्का अभिनेता शिवहरि पौडेल पनि तस्वीरमा देखाइएको छ । गीतमा दीपाश्री निरौलाले शर्मिलाका रुपमा आफूलाई प्रस्तुत गर्नेछिन् । निर्माण टिमका अनुसार दीपाले भट्टीकी साहुनी का रुपमा भिडियोमा आफ्नो प्रस्तुति दिनेछिन् ।

यस्तै गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का, नव–नायक अक्की प्रधान, कलाकार शिवहरि पौडेल, उत्तम केसी लगायतलाई पनि देख्न सकिनेछ । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतमा पुरुषोत्तम प्रधानको छायांकन छ ।

‘आज नगद भोली उधारो’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत, प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर सुन्न सकिनेछ ।

विकास राज आचार्यले निर्देशन गरेको यो फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा छ । फिल्ममा संचिता लुइँटेल, अनुभव रेग्मी लगायतको पनि अभिनय रहनेछ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १२ : ३७ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको