बूढीगङ्गा नदी थुनिने सम्भावना बढ्यो, स्थानीयलाई सचेत रहन आग्रह « Khabarhub

बूढीगङ्गा नदी थुनिने सम्भावना बढ्यो, स्थानीयलाई सचेत रहन आग्रह


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फाइल तस्वीर ।


मार्तडी – जिल्लाको ठूलो नदी बूढीगङ्गा थुनिने सम्भावना देखिएपछि स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ । बूढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको बीच भएर बग्ने सो नदी त्रिवेणी नगरपालिका–९ पैंमाबाट खसेको पहिरोका कारण नदी थुनिने सम्भावना देखिएको हो ।

उक्त नदी अघिल्लो वर्ष पनि सात दिनसम्म थुनिएको थियो ।

१० दिनदेखि पैंमाबाट पहिरो निरन्तर खसिरहेकाले नदी थुनिने अवस्थामा पुगेको त्रिवेणी नगरपालिका प्रमुख रामसिंह रावलले बताए । वर्षा भइरहेका कारण पहिरो नियमित बग्न थालेपछि जोखिम झनै बढेको हो ।

नदी थुनिनसक्ने भएकाले गृह मन्त्रालयमा यसबारे जानकारी दिइसकिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए । उक्त नगरपालिकाको पहाडबाट खसेको पहिरोले पानीको बहाबलाई रोकेर बूढीगङ्गा नगरपालिकाको पहाडको छेउबाट पानी बग्न थालेकाले बिस्तारै पानी थुनिने सम्भावना देखिएको उनले बताए ।

हामीले सबैतिर खबर गरेका छौँ, सङ्घीय सरकारले पूर्वसूचना प्रणाली राख्न र दिगो व्यवस्थापनका लागि केही पहल शुरु गरेको प्रजिअ न्यौपानेले जानकारी दिए । उनले तत्कालका लागि भने सचेत हुन सूचना गर्नुबाहेक अरु प्रक्रिया अघि बढाउन नसकिएको बताए ।

चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले नदी नियन्त्रण तथा व्यवस्थापनका लागि रू एक करोड बजेट विनियोजन गरेको थियो । नदी थुनिएसँगै साँफे मार्तडी सडकखण्ड पूर्णरुपमा क्षति हुने अनुमान यहाँका बासिन्दाले गरेका छन् ।

पहिरोले पैंमाको बस्तीसमेत जोखिममा पारेको छ भने नदी थुनिएमा बूढीगङ्गा नगरपालिका–१ अम्कोट र बल्देको बस्ती सार्नुपर्ने स्थानीयवासी नवराज पाध्यायले बताए । नदी बग्ने बाटो साँघुरिँदै गएको र जतिबेला पनि नदी थुनिन सक्ने भएकाले सेना र प्रहरीलाई तयारीमा अवस्थामा राख्नका साथै स्थानीयवासीलाई समेत सचेत गराइएको जिल्ला प्रशासनले जनाएको छ ।

नदी थुनिए नजिकै रहेको खेतीयोग्य जमीन, झोलुङ्गे पुल र साँफे मार्तडी सडकखण्डमा समेत असर पर्ने जनाइएको छ । नदी थुनिने खतरासँगै छिमेकी जिल्ला अछामको बुढाबगर, साँफेबगरमा पनि उच्च सर्तकता अपनाइएकाले त्यहाँका बासिन्दा पनि त्रास बनेको साँफेबाट तपेन्द्र कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १ : ५८ बजे

बाजुरा एमालेमा जुटेन सहमति : नरेश रोकायासहित ११ जनाको नाम सिफारिस

बाजुरा – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

खोटाङको धन्नेश्वरी गुफा सरसफाइ

खोटाङ– खोटाङको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको

भेनेजुयलामा तत्काल चुनाव नगर्न अमेरिकी दबाब

वासिङ्टन – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत

टी-२० विश्वकप : बंगलादेशको टोली घोषणा

काठमाडौं – आईसीसी टी-२० विश्वकपका लागि बंगलादेशले टिम घोषणा गरेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।