यात्रु बस दुर्घटना हुँदा भारतमा २९ जनाको मृत्यु « Khabarhub

यात्रु बस दुर्घटना हुँदा भारतमा २९ जनाको मृत्यु


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय राज्य उत्तर प्रदेशको यमुना एक्सप्रेसवे (राजमार्ग)मा सोमबार विहान एक यात्रु बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशको राजधानी लखनउबाट संघीय राजधानी नयाँ दिल्लीतर्फ आइरहेको बस दुर्घटनामा अन्य १७ जना यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार लखनउबाट दिल्लीका लागि हिँडेको अवध डिपोको बस आगराको झरना नालामा खसेको हो । बसमा ५० जनाभन्दा बढी यात्रु सवार रहेका जनाइएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि उत्तर प्रदेश परिवहन निगमले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १ : ५७ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा