तालिबानको कब्जामा रहेका ४० सुरक्षाकर्मी रिहा | Khabarhub Khabarhub

तालिबानको कब्जामा रहेका ४० सुरक्षाकर्मी रिहा


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले आफ्नो नियन्त्रणमा रहेका ४० अफगान सुरक्षाकर्मीलाई रिहा गरेको छ ।

उत्तरी अफगानिस्तानको जवजवान प्रान्तमा तालिबानले आफ्नो नियन्त्रणमा राखेका प्रहरीलाई रिहा गरेको हो । रिहा भएपछि ती प्रहरी नजिकैको सैनिक शिविर पुगेको अफगान अधिकारीले जनाएका छन् ।

आइतबार तालिबान र अफगानिस्तानको सरकारका प्रतिनिधिहरुबीचको भेटवार्ताका क्रममा सहमतिबमोजिम ती सुरक्षाकर्मीलाई नियन्त्रण रिहा गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

अफगान सरकारले पनि केही महिना अघि करिब ९०० तालिबानलाई रिहा गर्ने घोषणा गरेको थियो ।

गएको दुई सातायता तालिबानहरुले आफ्नो नियन्त्रणमा रहेका सुरक्षाकर्मीलाई रिहा गरेको यो दोस्रो पटक हो । गत हप्तामात्र अघि पनि तालिबानले ४२ सुरक्षाकर्मीलाई जवजवान प्रान्तबाट नै रिहा गरेको थियो ।

केही महिनाअघि तालिबानले जवजवान प्रान्तको काश तेपा जिल्लामा भीषण आक्रमण गरी ९० प्रहरीलाई अपहरण गरेका थिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  २ : ४९ बजे

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन