संगीत क्षेत्र अस्त, व्यस्त र मस्त छ: बद्री पंगेनी « Khabarhub

संगीत क्षेत्र अस्त, व्यस्त र मस्त छ: बद्री पंगेनी


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बद्री पंगेनी ।


काठमाडौं – पछिल्लो समय संगीत क्षेत्रमा चोरीका समाचार सधैजसो सामान्य हुन थालेका छन् । केही वर्षयता लोकशैलीका गीतले संगीत क्षेत्र त कब्जा गरेका छन् । तर, नेपालमा सार्वजनिक गरिने लोकशैलीका गीतमध्ये धेरै गीत विदेशी या नेपाली गीतबाट चोरिएको भन्ने आरोप खेप्नुपरेको छ ।

पहिलेका तुलनामा छाडा गीत कम सार्वजनिक हुने गरे पनि अझै पनि संगीत क्षेत्र पूर्णत व्यवस्थित हुन सकेको छैन । संगीत क्षेत्रमा फास्टफुट जस्ता गीत निर्माणको बाढी आएको छ ।

यसैबीच चर्चित गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनीले पछिल्लो समय संगीत क्षेत्र अस्तव्यस्त भएको बताएका छन् ।

खबरहबसँग कुराकानी गर्दै पंगेनीले भने, ‘संगीत क्षेत्र अहिले अस्त, व्यस्त र मस्त छ, यसलाई व्यवस्थित बनाउन हामी सबै लाग्नुपर्छ ।’

पछिल्लो समय संगीत क्षेत्रमा विकृति बढेको पनि उनले स्वीकारे । पंगेनीले संगीत क्षेत्रमा देखिएका विकृृतिलाई न्यूनीकरण गर्न राज्यले नै कदम चाल्नुपर्ने बताए ।

‘हामीले मात्र चाहेर सक्दैनौँ, संगीत क्षेत्रको व्यवस्थापनका लागि राज्यले पनि कदम चाल्नुपर्छ,’ उनले भने ।

पछिल्लो समय संगीत क्षेत्रमा संगीत चोरीको बहस सतहमा आएको छ । नयाँ कलाकारले पुराना कलाकारका गीतलाई मोडिफाई गरी नयाँ शैलीमा बजारमा ल्याउने गरेको पुराना सर्जकहरुले आरोप लगाउने गरेका छन् ।

केही दिनअघि प्रकाश सपूतको चर्चित गीत ‘गलबन्दी’ ले यस्तै आरोपको सामना गर्नुपरेको थियो ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  २ : ५९ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा