विश्वकप क्रिकेटमा अब यी रेकर्ड तोड्न सक्छन् रोहित शर्मा « Khabarhub

विश्वकप क्रिकेटमा अब यी रेकर्ड तोड्न सक्छन् रोहित शर्मा


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्ल्यान्डमा जारी १२ औं सस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट भारतीय ओपनिङ ब्याट्सम्यान रोहित शर्माका लागि यादगार बनिसकेको छ ।

जसमा उनी लिग चरणका खेलमा ५ शतकसहित सर्वाधिक रन बनाउने खेलाडी बनिसकेका छन् । आईसीसी एकदिवसीय क्रिकेटको वरियतामा शीर्ष दोस्रो स्थानमा रहेका रोहित भारतीय टोलीका कप्तान विराट कोहलीलाई पछ्याउँदै छन् । यस्तै, उनलाई ‘युनिर्भसल बोस’ क्रिस गेल पछिको ‘युर्निभर्सल बोस’ पनि भन्न थालिएको छ ।

रोहितले जारी विश्वकपमा ६सय४७ रन बनाइसकेका छन् । अब भारतले विश्वकपको सेमिफाइनलमा मंगलबार न्युजिल्यान्डसँग खेल्दैछ । जसमा उनले अझै धेरै किर्तिमानी तोड्दै आफ्नो नाममा किर्तिमान बनाउन सक्छन् ।

उनले न्युजिल्यान्डविरुद्धको खेलमा ३२ वर्षको उमेरमा एकै विश्वकपमा सबैभन्दा धेरै रन पनि बनाउने किर्तिमानी बनाउन सक्छन् । अब उनले सबैभन्दा धेरै रनको किर्तिमानी बनाउन मात्रै २६ रनको आवश्यकता छ । यसअघि सन् २००३ को विश्वकपमा भारतीय खेलाडी सचिन तेन्दुलकरले सर्वाधिक ६ सय ७३ रन बनाएका थिए ।

त्यस्तै, रोहितले मंगलबार अर्धशतकसहित ५३ रनमात्रै बनाउन सके उनी विश्वकपको एकै संस्करणमा ७ सय रन पूरा गर्ने एक्ला खेलाडी बन्नेछन् भने लगातार तीन शतक पूरा गरिसकेका रोहिका लागि लगातार चार शतक पूरा गर्दै ४ शतक बनाउने खेलाडीको किर्तिमानी पनि बराबरी गर्न सक्छन् ।  यसअघि २०१५ को विश्वकपमा श्रीलंकाका ब्याट्सम्यान कुमार साङ्गाकाराले लगातार ४ शतक पूरा गरेका थिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ३ : ४६ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा