सागको विशेष प्रशिक्षणका लागि बक्सिङ टोली थाईल्यान्ड प्रस्थान « Khabarhub

सागको विशेष प्रशिक्षणका लागि बक्सिङ टोली थाईल्यान्ड प्रस्थान


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंसिरमा नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) विशेष प्रशिक्षणका लागि नेपाली बक्सिङ टोली थाईल्यान्ड प्रस्थान गरेको छ ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार खेलाडी तथा प्रशिक्षकलाई बिदा गरेका हुन् । थाईल्यान्ड जाने प्रशिक्षार्थी खेलाडीमा पुरुषतर्फ सुशील थापा मगर, तेज बहादुर देउवा, पुरन राई, सनिल शाही, भुपेन्द्र थापा, विकास लामा, दिपक श्रेष्ठ, गणेश प्रधान, अर्जुन सिंगु र आशिष दुवाडी रहेका छन् ।

त्यसैगरी महिलातर्फ सुस्मा तामाङ, ललिता महर्जन, माला राई, मिनु गुरुङ, चन्द्रकला थापा, संगीता सुनार र पुनम रावल रहेकी छन् । आठौँं राष्ट्रिय खेलमा महिला ४८ केजी तौल समूहकी स्वर्ण पदक बिजेता खेलाडी सुस्मा तामाङ्गको प्रतियोगिता खेल्ने उमेर नपुगेको कारण दोश्रो स्थान प्राप्त गर्ने खेलाडी ललिता महर्जनले प्रशिक्षणको अवसर पाएकी छन् । सुस्मा पनि प्रशिक्षणका लागि थाईल्यान्ड जाने टोलीमा सामेल छिन् ।

त्यसैगरी महिला ५१ केजि तौल समूहमा आठौं राष्ट्रिय खेलकुदमा प्रथम स्थान प्राप्त गर्ने खेलाडी विमला श्रेष्ठ आफ्नो स्वास्थ्यको कारण प्रशिक्षणमा समावेश हुन नसक्ने जानकारी आएका कारण दोश्रो हुने खेलाडी माला राईलाई अवसर मिलेको छ ।

पुरुष ६० केजी तौल समूहमा आठौं राष्ट्रिय खेलकुदमा प्रथम हुने प्रकाश इजम लिम्वु र दोश्रो भएका एकवहादुर घले आफ्नो कार्य व्यस्तताका कारण प्रशिक्षणमा सहभागि हुन नसक्ने जानकारी गराएपछि छनोट खेलमार्फत सनिल साही छनोट भई टिममा पर्न सफल भए । पुरुष ८१ केजीका च्याम्पियन मनोहर बस्नेत आफ्नो स्वास्थ्यको कारण प्रशिक्षणमा जान नसक्ने भनि निवेदन दिएकाले दोश्रो हुने खेलाडी गणेश प्रधानलाई टिम प्रशिक्षणमा सहभागिता गराईएको संघले जनाएको छ ।

टोलीको प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, वरिष्ठ प्रशिक्षकमा प्रविन तुलाधर, प्रशिक्षकमा राजु थापा र उमेश कटवालसहित १७ जनाको टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले बिदाई गरे ।

राष्ट्रिय खेलकुद परिषद्ले बक्सिङका खेलाडीलाई हाल बन्द प्रशिक्षणमा राखेर तालिम दिई रहेको छ । नेपाली बक्सिङ टोलीले थाईल्यान्डको बैंककमा करिब २ महिना विशेष प्रशिक्षण लिएपछि जुलाई २० देखि २८ सम्म आयोजना हुने थाइल्यान्ड ओपन अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा भाग लिने छ ।

त्यस्तै जुलाई २२ देखि २९ सम्म इन्डोनेसियामा हुने २३ औं प्रेसिडेन्ट अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका भुपेन्द्र थापाले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ संघले जनाएको छ । नेपाली टोलीलाई ललिपुर जिल्ला बक्सिङ संघका अध्यक्ष महेश सिंहले ट्रयाक सुट प्रायोजन गरेका थिए । नेपाली टोली भदौ १२ गतेसम्म थाईल्यान्डमा रहने छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ४ : ०४ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले