‘मिसन मंगल’ मा यस्तो हुनेछ अक्षय कुमारको भूमिका « Khabarhub

‘मिसन मंगल’ मा यस्तो हुनेछ अक्षय कुमारको भूमिका


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – केही दिन पहिले बलिउड अभिनेता अक्षय कुमारले सामाजिक सञ्जालमा एक नोट शेयर गरे । जसमा लेखिएको थियो, ‘हलिउड पछिल्ला वर्षमा स्टार ट्रेक, स्टार वार्स र ग्राभिटीजस्ता फिल्म बनाइरहेको छ, जसले पूरै पिँढी, आविष्कारकर्ता र वैज्ञानिकलाई प्रेरित गर्‍यो, मैले पनि सधैँ यस्तै फिल्ममा काम गर्न चाहेको थिएँ, मेरो लागि ‘मिसन मंगल’ त्यही फिल्म हो ।’

अक्षय कुमारले अगाडि लेखे, ‘यो फिल्म विशेष गरेर आफ्नी छोरीका लागि गर्न चाहन्छु, ताकि उसको उमेरका बच्चाले भारतको मंगल मिसनको वास्तविकता थाहा पाउन् ।’

जब यो फिल्मको घोषणा भयो, त्यतिबेला देखि नै यो फिल्ममा विद्या बालन, सोनाक्षी सिन्हा, तापसी पन्नु, नित्या मेनन, कीर्ति कुल्हाडी र शरमन जोशीको भूमिका रहनेछ भनेर चर्चा गरिएको थियो । हालै मात्र अक्षय कुमारले यो फिल्ममा काम गर्ने जानकारी बाहिर आएको हो । फिल्ममा अक्षय कुमारको महत्त्वपूर्ण भूमिका हुनेछ ।

यो फिल्ममा अक्षय कुमारले इन्डियन रिसर्च अर्गनाइजेशनका एक सिनियर वैज्ञानिकको भूमिका निभाउने छन्, जसले मंगल मिसनमा रहेर अर्बिटका लागि काम गरेका थिए ।

भारतीय मिडियाका अनुसार फिल्ममा अक्षय कुमारको भूमिका युवापुस्तालाई प्रेरित गर्ने खालको हुनेछ । यो फिल्म वास्तविक कहानीमा आधारित हुनेछ । फिल्मले केही रचनात्मक स्वतन्त्रताबाहेक अरु कुरालाई वास्तविक जस्तै देखाउने छ ।

फिल्म सन् २०१३ मा मंगल ग्रहमा लञ्च गरिएको मंगलयानमा आधारित हुनेछ । रुस, अमेरिका र युरोपियन देशबाहेक भारत चौथो देश हो, जुन मंगल ग्रहमा पुगेको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ५ : ३४ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६