जब नेपाली क्रिकेट टोलीको जर्सीमा अमेरिकी राजदूत बेरीले ब्याटिङ गरे (फोटो फिचर) « Khabarhub

जब नेपाली क्रिकेट टोलीको जर्सीमा अमेरिकी राजदूत बेरीले ब्याटिङ गरे (फोटो फिचर)


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बजारमा विश्वकप क्रिकेटको माहोल तातिरहेका बेला नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाली क्रिकेटरसँग क्रिकेट खेलेका छन् ।

सोमबार रातोपुलस्थित मैदानमा राजदूत बेरी र नेपाली क्रिकेट खेलाडीहरुले विश्वकप क्रिकेटको सेलिब्रेसन गरेका हुन् ।  क्रिकेटप्रेमी राजदूत बेरीले नेपाली क्रिकेट टोलीका खेलाडीहरुलाई सान्त्वना दिँदै नेपाली जर्सी लगाएरै मैदानमा उत्रिएका थिए ।

राजदूत बेरीलाई उपस्थित खोलाडीहरुले साथ दिइरहेका थिए भने बेरीमा पनि क्रिकेटको क्रेज उत्तिकै देखिएको थियो । राजदूत बेरीले राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा ब्याटिङसँगै बलिङ समेत गरे । । उनलाई साथ दिइरहेका थिए कप्तान पारस खड्का र अन्य खेलाडीहरु।

राजदूत बेरीको निमन्त्रणामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र राष्ट्रिय टोलीका प्रशिक्षक उमेश पटवालसहित राष्ट्रिय महिला टोलीका करुण भण्डारी र सीता मगर त्यहाँ पुगेका थिए । भेटमा कप्तान खड्का र राजदूत बेरीले नेपाली क्रिकेटका विषयमा छलफल समेत भएको थियो ।

कप्तान खड्काले नेपालले डिभिजन ५ बाट एकदिवसीय मान्यता पाउँदासम्मको संघर्षका विषयमा बेरीलाई जानकारी गराएका थिए । त्यस्तै आगामी हिउँदमा अमेरिकी क्रिकेट टोली नेपालमा एक दिवसीय क्रिकेट खेल्न आउने विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ६ : ११ बजे

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ