जब नेपाली क्रिकेट टोलीको जर्सीमा अमेरिकी राजदूत बेरीले ब्याटिङ गरे (फोटो फिचर) « Khabarhub

जब नेपाली क्रिकेट टोलीको जर्सीमा अमेरिकी राजदूत बेरीले ब्याटिङ गरे (फोटो फिचर)


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बजारमा विश्वकप क्रिकेटको माहोल तातिरहेका बेला नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाली क्रिकेटरसँग क्रिकेट खेलेका छन् ।

सोमबार रातोपुलस्थित मैदानमा राजदूत बेरी र नेपाली क्रिकेट खेलाडीहरुले विश्वकप क्रिकेटको सेलिब्रेसन गरेका हुन् ।  क्रिकेटप्रेमी राजदूत बेरीले नेपाली क्रिकेट टोलीका खेलाडीहरुलाई सान्त्वना दिँदै नेपाली जर्सी लगाएरै मैदानमा उत्रिएका थिए ।

राजदूत बेरीलाई उपस्थित खोलाडीहरुले साथ दिइरहेका थिए भने बेरीमा पनि क्रिकेटको क्रेज उत्तिकै देखिएको थियो । राजदूत बेरीले राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा ब्याटिङसँगै बलिङ समेत गरे । । उनलाई साथ दिइरहेका थिए कप्तान पारस खड्का र अन्य खेलाडीहरु।

राजदूत बेरीको निमन्त्रणामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र राष्ट्रिय टोलीका प्रशिक्षक उमेश पटवालसहित राष्ट्रिय महिला टोलीका करुण भण्डारी र सीता मगर त्यहाँ पुगेका थिए । भेटमा कप्तान खड्का र राजदूत बेरीले नेपाली क्रिकेटका विषयमा छलफल समेत भएको थियो ।

कप्तान खड्काले नेपालले डिभिजन ५ बाट एकदिवसीय मान्यता पाउँदासम्मको संघर्षका विषयमा बेरीलाई जानकारी गराएका थिए । त्यस्तै आगामी हिउँदमा अमेरिकी क्रिकेट टोली नेपालमा एक दिवसीय क्रिकेट खेल्न आउने विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ६ : ११ बजे

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा