स्पेनको राजदूतका लागि पासाङ ल्ह्यामुकी छोरी दावाफुटी अनुमोदित « Khabarhub

स्पेनको राजदूतका लागि पासाङ ल्ह्यामुकी छोरी दावाफुटी अनुमोदित


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा बन्ने भएकी छिन् । सोमबार बसेको संसदीय सुनुवाइ समितिले शेर्पासँगै अन्य तीन जनाको नाम पनि राजदूतमा अनुमोदन गरेको हो ।

दावाफुटी सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्ह्यामु शेर्पाकी छोरी हुन् । उनी प्रधानमन्त्री ओलीको कोटामा राजदूत सिफारिस भएकी हुन्।

‘राजदूत भनेपछि कपाल फुलेको मानिसको तस्बिर आउँछ। तपाईं त भर्खरको हुनुहुन्छ, जिम्मेवारी कसरी पूरा गर्नुहुन्छ,’ भन्ने एक सांसदको प्रश्नको जवाफमा दावाफुटीले आफूसँग अनुभव नभए पनि अग्रजहरूबाट सिक्दै जाने जवाफ दिएकी थिइन्।

२०३८ सालमा जन्मेकी दावाफुटी अमेरिकामा अध्ययन गरेर भर्खरैमात्रै नेपाल फर्किएकी हुन्। उनी पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष छन्।

सरकारले अष्ट्रेलिया, स्पेन, बंगलादेश र कतारसहित चार देशका लागि राजदूत सिफारिश गरेको थियो ।  जसमा अष्ट्रेलियाका लागि महेशराज दाहाल, स्पेनका लागि दावाफुटी शेर्पा, कतारका लागि नारद भारद्वाज र बंगलादेशका लागि वंशीधर मिश्र थिए । समितिले चारै जनाको नाम अनुमोदन गरेको हो ।

अनुमोदित चारै जना नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय  केपी शर्मा ओली,  पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेता माधव नेपाल निकटका हुन्।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ७ : २९ बजे

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका