पतिविरुद्ध पुलिस चौकी पुगिन् अभिनेत्री अक्षरा « Khabarhub

पतिविरुद्ध पुलिस चौकी पुगिन् अभिनेत्री अक्षरा


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भोजपुरी चलचित्रकी निकै हट एवं चर्चित जोडी अक्षरा सिंह र पवन सिंहबीच भएको विवाद अब पुलिस थाना पुगेको छ ।

मुम्बईको मलाडको मालवानी पुलिस स्टेशनमा अक्षरा सिंहले पवन सिंहलाई धम्की दिएको आरोप लगाएकी छिन् ।

अक्षराले फेसबुक, इंस्टाग्राम, यू-ट्यूब लगायतका सामाजिक सञ्जालमा उनले आपत्तिजनक फोटो तथा भिडियो पोस्ट गरेको आरोप लगाएकी छिन् ।

यही आरोपछि उनीहरुको सम्बन्ध बिग्रिएको छ । अक्षराले आफू न्यायका लागि प्रतिक्षामा रहेको बताएकी छिन् । यसअघि भोजपुर फिल्ममा काम गरिसकेकी अभिनेत्री युक्ता मुखीले पनि आफ्ना श्रीमानमाथि गम्भीर आरोप लगाएकी थिइन् ।

विश्व सुन्दरीसमेत भइसकेकी युक्ता मुखीले आफ्ना श्रीमान प्रिन्स टुलीमाथि विभिन्न गम्भीर आरोप लगाएकी थिइन् । श्रीमानले दाइजो उत्पीडन, कुटपिट र अप्राकृतिक यौ–न सम्बन्ध स्थापित गर्ने गरेको आरोप लगाएकी थिइन् ।

उनको अरोपलाई उनका श्रीमानले खण्डन गरेका थिए । अन्ततः यी दुईको सम्बन्धविच्छेद भयो । सन् २००० मा युक्ताले विश्व सुन्दरीको उपाधि जितेकी थिइन् । त्यसको एक वर्षपछि उनले एक तमिल फिल्म पूवेलम उन वसमबाट डेब्यू गरेकी थिइन् । त्यसपछि सन् २००२ मा उनले ‘प्यासा’ नामको हिन्दी फिल्ममा काम गरिन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ८ : १८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार