इदको समयमा रक्सी खाएर झगडा नगर्न सुझावसहित दूतावासको विज्ञप्ति « Khabarhub

इदको समयमा रक्सी खाएर झगडा नगर्न सुझावसहित दूतावासको विज्ञप्ति


२३ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेद्दा- साउदी अरेवियास्थीत नेपाली दूतावासले ईदको समयमा नेपालीले मद्यपान गरी झगडा गर्ने गरेको भन्दै यस्तो काममा सतर्क हुन आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै ईदमा लामो छुट्टि हुने भएकाले कामबाट फुर्सद पाउँदा खेलकुद, आपसि भेटघाट, खानपिन, यात्रा भ्रमण गर्दै आएकोमा यसले तनावबाट मुक्ति दिने र स्वस्थ राख्न सहयोग गर्न सघाउने जनाएको छ । तर यस्तो कार्यक्रममा नेपाली श्रमिकहरुले मद्यपान गरी झगडा गर्दा ज्यानमाफी नै खतरा भएका घटनाहरु हुने गरेको हुँदा यसमा सतर्क रहन आग्रह गरेको हो ।

दूतावासले सो समयमा एकठाउँमा भेला भई घरेलु मदिरा सेवन गर्ने, अत्यधिक धुम्रपान तथा लागुपदार्थ र वर्जित खाद्यपदार्थ खाने गरेको अभियोगमा विगतमा ठूलो संख्यामा कामदार कारवाहीमा परेको भन्दै यसमा सचेत गराएको छ । यसरी कानूनी झण्झटमा फसेकाहरुको मुद्दा किनारा लगाउन दूतावासको ठूलो धनराशी खर्च हुने तथा लामो समय लाग्ने तर्फ पनि दूतावासले सचेत गराएको छ ।

साउदी अरवमा राम्रो काम गर्ने भनेर नाम कमाएका नेपाली मादक पदार्थ उत्पादन, वितरण, ओसारपसार र सेवन गर्ने भनेर समेत रोजगारदाताहरुले गुनासो गर्ने गरेको भन्दै दूतावासले सो संख्या ईदको समयमा अझ धेरै हुने गरेको हुँदा यस्तो कार्यमा संलग्न नहुन अपिल गरेको छ ।

अकामा नभएका व्यक्तिलाई सँगै गाडीमा नराख्न, मादक पदार्थ सेवन गरेर गाडी नचलाउन पनि आग्रह गरिएको छ । यसैगरी साथीभाइबीच झैझगडा नगर्न, खुल्ला ठाउँमा भेला हुँदा साउदी अरवका कानूनले वर्जित गरेका काम नगर्न, सुरक्षा सम्वन्धी विषयमा जानकार रहन पनि आग्रह गरिएको छ ।

मद्यपान गरेको समयमा कसैले अकामा वा बैंक कार्ड माग्नसक्ने तर्फ सचेत बनाउँदै दूतावासले ति कागजात नदिन आग्रह गरेको छ । यसैगरी समाजसेवीको नाममा अरु नै काम गर्ने व्यक्तिहरुबाट पनि सचेत रहन आग्रहह गरिएको छ । आफूले कमाएको रकम वचत गर्न आग्रह गर्दै दूतावासले कसैको लहैलहैमा लागेर काम छोड्ने, कम्पनी छोड्ने वा लोभमा परेर चोरी गर्ने वा अवैध धन्ने काम नगर्न पनि दूतावासले अपिल गरेको छ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहिबार  ९ : ०४ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब