गोलीकाण्ड भएको नगर र घाइतेलाई भेट्न ट्रम्प टेक्सासमा « Khabarhub

गोलीकाण्ड भएको नगर र घाइतेलाई भेट्न ट्रम्प टेक्सासमा


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेक्सास- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ३१ जनाको ज्यान लिने गरी भएको सामूहिक गोलीकाण्ड भएका २ नगरको भ्रमण गर्न टेक्सास पुगेका छन्।

हिस्पानिक भनिने दक्षिण अमेरिकी मूलका मानिसहरूलाई निसाना बनाइएको घृणाजन्य अपराध कर्ममा संलग्न एक बन्दुकधारीले गोली चलाउँदा शनिवार २२ जनाको ज्यान गएको थियो। ट्रम्प आफैँलाई पनि हिस्पानिक समुदायका मानिसविरुद्ध घृणा फैलाएको आरोप लागेको छ।

९ जनाको ज्यान लिने गोलीकाण्ड भएको ओहायो राज्यको डेटनको अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेपछि ट्रम्प टेक्सास पुगेका हुन्।

वासिङ्टन छोड्नुअघि आफू “घृणा फैलाउने गोरा जातीको सर्वोच्चता चाहने वा अरू कुनै प्रकारको सर्वोच्चता चाहने समूहको विस्तार भइरहेको विषयमा” निकै चिन्तित भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

एल पासोको प्रतिनिधित्व गर्ने विपक्षी डिमोक्र्याटिक पार्टीकी कंग्रेस सदस्य भेरोनिका एस्कोबारले ट्रम्पको “जातीवादी तथा घृणा, द्वेष फैलाउने शब्द तथा क्रियाकपालले आफू, आफ्नो समुदाय र आफ्नो देशलाई पीडा पुगेको” भन्दै ट्रम्पलाई भेट्न अस्वीकार गरिन्।

एल पासोमा भएको गोलीकाण्डलाई सम्भाव्य घृणा अपराधको रूपमा हेरिएको छ। शहरको ठूलो हिस्सामा हिस्पानिक समुदायको बसोबास छ। श्रीमती मेलानिया सँगै एल पासो आएका ट्रम्पले नगरका अधिकारीहरूका अतिरिक्त अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्ने कार्यक्रम छ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ९ : १२ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक