मेस्सी टिममा नरहेको खेलमा बार्सिलोना विजयी « Khabarhub

मेस्सी टिममा नरहेको खेलमा बार्सिलोना विजयी


२३ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले नापोलिमाथि जीत हात पारेको छ । प्रि–सिजन अघिको बिहिबार बिहान भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीलाई २–१ गोलले पराजित गरेको हो ।

नियमित कप्तान तथा विश्व चर्चित खेलाडी लियोनल मेस्सी टिममा नरहेको खेलमा बार्सिलोनाका लागि सर्जियो बुस्केट र इभान राकिटिकले समान एक–एक गोल गरे ।

हार्ड रक स्टेडियममा बार्सिलोनाले ३९ औं मिनेटमा बुस्केटको गोलबाट अग्रता बनाएको थियो भने खेलको ४२ औं मिनेटमा बार्सिलोनाका स्यामुएल उम्टिटीले आत्मघाती गोल गरेपछि नापोली खेलमा फर्किएको थियो । यस्तै, पहिलो हाफमा १–१ गोल बराबरी खेलेको बार्सिलोनाका लागि खेलको ७९ औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए ।

पछि नापोलीले गोल गर्न नसक्दा बार्सिलोना २–१ गोलले विजयी भयो । बार्सिलोनाका कप्तान मेस्सी पिडुलाको चोटका कारण अमेरिका भ्रमणमा रहेका छैनन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहिबार  ९ : ५३ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो