वैद्य माओवादीद्वारा कैलालीको सुकम्वासी शिविर कब्जा « Khabarhub

वैद्य माओवादीद्वारा कैलालीको सुकम्वासी शिविर कब्जा


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले कैलालीको हरैयामा रहेको सुकम्वासी शिविर कब्जा गरेको छ ।

सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीकै पहलमा बसाइएका सुकुम्वासीलाई हटाइएको भन्दै बुधबार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले उक्त शिविर कब्जा गरेको हो ।

क्रान्तिकारी माओवादीका जिल्ला अध्यक्ष रामवहादुर केसीको नेतृत्वमा गएका नेताहरुको टोलीले शिविरमा पार्टीको झण्डा गाडेका थिए । शिविरको जमिनमा पुरानै सुकुम्वासी परिवारलाई बसाउने योजना रहेको क्रान्तिकारी माओवादीले जनाएको छ ।

तत्कालीन विद्रोही माओवादीले हरैया शिविरमा बासालेका सुकुम्वासी परिवारलाई जग्गा बिक्री भएको भन्दै केही साताअघि बल प्रयोग गरेर हटाइएको थियो ।

शिविरका सुकुम्बासीलाई उठाएर धनगढी उपमहानगरपालिका–१७ धुरझन्नामा राखिएको छ। तर, धुरझन्नामा व्यवस्थापन राम्रो नभएको भन्दै केही सुकुम्बासी परिवार पुनः हरैया शिविरमा फर्किएका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  १० : १० बजे

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान