गणितको यो समिकरण भाइरल, उत्तर के होला ? | Khabarhub Khabarhub

गणितको यो समिकरण भाइरल, उत्तर के होला ?


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बिज गणितको एक प्रश्न अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । हरेकले प्रश्न देख्नासाथ उत्तरको खोजी गर्छन् ।

तर यसको ठिक उत्तर भेट्टाउन समस्या भैरहेको छ । ट्वीटरमा इएम नामक व्यक्तिले ह्याण्डीलबाट यो प्रश्न सेयर गरे । प्रश्न यस्तो छ  8÷2× (2+2)=?

यो प्रश्नको उत्तर कसैले १ भनेका छन् भने केहीले १६ भनेका छन् । केहीले यी दुवै उत्तर ठिक भनेर प्रतिक्रिया दिएका छन् । कोही कोही व्यक्तिले नागरिकले एउटा प्रश्नमा दुवै उत्तर कसरी ठिक हुन सक्छन् ? भनेर प्रश्न गरेका छन् ।

यो प्रश्नको उत्तरमा व्यक्तिहरु विभाजित भएका छन् । एक युवतीले गणितमा दुई वटा डिग्री रहेको जानकारी दिँदै १ नै अन्तिम उत्तर रहेको दाबी गरेकी छन् । उनले क्याकुलेटरको सहायतामा क्षणभरमै प्रश्नको उत्तर १ निकालेकी छन् ।

यो प्रश्नको सही उत्तर तपाईले विद्यालयमा कुन नियमका आधारमा पढ्नुभएको छ ? त्यसैका आधारमा उत्तर आउँछ ।

तपाईले BODMAS या PEMDAS मध्ये कुन विधिको प्रयोग गर्नु हुन्छ ? त्यसैका आधारमा यसको उत्तर आउँछ ।

BODMAS विधिको प्रयोग गर्नुभएको छ भने त्यसको उत्तर १६ आउँछ । तपाईले PEMDAS विधिको प्रयोग गर्नुभएको छ भने त्यसको उत्तर १ हुन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  १० : २९ बजे

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा