बजेट खर्च गर्न सक्दैन काठमाडौं महानगर– कतिपय शीर्षकमा शून्य खर्च « Khabarhub

बजेट खर्च गर्न सक्दैन काठमाडौं महानगर– कतिपय शीर्षकमा शून्य खर्च


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा १३ अर्ब बजेट बिनियोजन गरेको थियो । तर बजेट बिनियोजन भएअनुसार महानगरले काम गर्न भने सकेन ।

योजना बनाउने र बजेट छुट्याउने काममा अघि भएपनि बजेटलाई बाँडफाँट गरी काम सुरु गर्न नसक्नु महानगरका लागि ठूलो चुनौती बनेको छ । काठमाडौं महानगरपालिकाले प्रशस्त बजेट हुँदाहुँदै न त खर्च गर्न सकेको छ न त प्रगति नै ।

महानगरले गत वर्ष आर्थिक वर्षमा गरेका कार्यहरु उपलब्धिमुलक नभएको मात्र होइन । कतिपय विषयमा छुट्याइएका बजेट समेत खर्च गर्न सकेन ।

महानगरको गत आर्थिक वर्षको बजेट १३ अर्ब २ करोड ९२ लाख ३ सय ७० रुपैयाँ रहेको थियो । महानगरले विभिन्न शीर्षकमा बजेट छुट्याएको थियो ।

मुख्य शीर्षकअन्तर्गत पुजीगत सम्पत्ती खर्च, तलव पारिश्रामिक सुविधा खर्च, कार्यालय संचालन खर्च, पूर्वाधार सुधार तथा अन्य विकास खर्च, सशर्त अनुदानमा पुँजीगत खर्च, जग्गा एकीकरण आयोजना गरी सो बजेट छुट्याएको थियो ।

त्यसमध्ये महानगरले ५ अर्ब २९ करोड ८६ लाख ४ हजार ५ सय ७८ रुपैयाँ मात्र खर्च गरेको छ । भने, ७ अर्ब ७२ करोड २६ लाख ३२ हजार १ सय २२ रुपैयाँ खर्च गर्न सकेन । यद्यपी यो रकम भने विभिन्न शिर्षकमा अड्किएर बसेको देखिन्छ ।

महानगरले आर्थिक वर्ष २०७४/७५ मा पनि ४ अर्ब ९९ करोड, ५७ लाख, ९ हजार ६ सय ३३ रुपैयाँ खर्च गरेको थियो ।

शून्य खर्चका यी शीर्षकहरु

महानगरले थुप्रै शीर्षकमा बजेट छुट्याएपनि कार्यक्रम गर्न नसक्दा खर्च शून्य देखिएको छ । महानगरले अन्य उपकरण ह्रास कट्टीका लागि १५ लाख, फर्निचर फिक्स्चरमा १० लाख, सवारी साधनमा २० लाख बजेट छुट्याएकोमा कुनै पनि रकम खर्च गरेको छैन ।

त्यसैगरी सार्वजनिक तथा पूर्वाधार विकास खर्च अन्तर्गत ढुंगा, इट्टा छाप्ने कामका लागि १५ करोड, पुल, कल्भर्ट १७ करोड बजेट बिनियोजन गरेको थियो । तर, तथ्याङ्कअनुसार महानगरले यी दुइ कार्यमा कुनै पनि रकम खर्च गरेको देखिँदैन ।

अस्पताल निर्माण गर्नका लागि १० लाख बजेट छुट्याएको छ भने त्यसको खर्च शून्य देखिन्छ । त्यस्तै सामुदायिक कुकुर नियन्त्रणका लागि ९ लाख छुट्याएकोमा खर्च देखिदैँन ।

साथै खाद्य सुरक्षा सम्बन्धी कार्यक्रम, प्रेस भेटघाट कार्यक्रम, सूचना तथा सञ्चार मन्त्रालय रोयल्टी लगायतका शीर्षकका छुट्याइएको बजेट खर्च शून्य देखिएको छ ।

पूर्वाधारका लागि छुट्याइएको बजेट भएन खर्च

पूर्वाधार सुधार तथा अन्य विकास खर्चका लागि महानगरले ८ अर्ब बजेट छुट्याएको थियो । बजेटअनुसार काम गर्न नसक्दा ३ अर्ब रकम मात्र खर्च गरेको छ ।

महानगरले गत आर्थिक वर्ष पूर्वाधार सुधारमा १ अर्ब बजेट छुट्याएको थियो जसमध्ये ७९ करोड बजेटमात्र खर्च भएको देखिन्छ ।

त्यस्तै सडक तथा फुटपाथमा ५४ करोड बजेटमा १ करोड खर्च, सडकबत्तीका लागि ५ करोड छुट्याएकोमा १ करोड खर्च, क्षतिपूर्ति तथा मुआब्जा वितरणका लागि ५ करोडमा ६१ लाख खर्च गरेको छ ।

त्यस्तै महानगरका क्षेत्रभित्र सवारी साधन पार्किङको समस्यालाई समाधान गर्न ८ करोड बजेट छुट्याइएको थियो जसमध्ये २४ लाख मात्र खर्च भएको देखिन्छ । शिक्षाका लागि १ अर्ब बजेट छुट्याएको देखिन्छ भने ६८ करोड रुपैयाँमात्र खर्च गरेको छ ।

सम्पदाका लागि १ अर्ब बजेट छुट्याएकोमा २८ करोड मात्रै खर्च गरेको देखिन्छ ।

यी लगायत महानगरले गत वर्ष थुप्रै कार्यक्रमका लागि छुटछुट्टै बजेट बिनियोजित गरेको थियो । बजेट हुँदाहुँदै पनि महानगरले काममा प्रगति हासिल गरेको देखिदैँन ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ११ : ३८ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन