प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण सकिएन, सिंगापुर बसाई लम्बिन सक्ने « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण सकिएन, सिंगापुर बसाई लम्बिन सक्ने


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई केहि लम्बिने भएको छ ।

उपचारका क्रममा सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणको काम नसकिएकाले उनको केहि दिन बसाई लम्बिन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि अस्पतालले बिहीबार साँझसम्म ओलीलाई डिस्चार्ज गर्ने र शुक्रबार राति ८ बजे नेपाल आइपुग्ने कार्यतालिका थियो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार डिस्चार्जअघि केही थप स्वास्थ्य परीक्षण गर्नुपर्ने भएका कारण प्रधानमन्त्रीको सिंगापुर बसाई लम्बिने भएको हो । कुन दिन फर्कने भन्ने मिति अहिले नै भन्न सक्ने अवस्था नरहेपनि सोमबारसम्ममा प्रधानमन्त्री स्वदेश फर्कने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन् । यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए ।

प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाहसमेत सिंगापुरमा छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  १२ : ०३ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार