भारत सरकारको फैसलाले जम्मूका हिन्दू खुसी « Khabarhub

भारत सरकारको फैसलाले जम्मूका हिन्दू खुसी


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– तारबारले घेरिएको जम्मू शहरका कतिपय स्थानमा पछिल्ला केही दिनदेखि सन्नाटा छाएको छ । पूरै शहरमा कर्फ्यु जस्तो अवस्था बनेको छ ।

भारत प्रशासित कश्मीरको रुपमा जम्मशू शहरमा धारा १४४ लागू गरिएको छ । कुनै पनि अप्रिय घटना हुन नदिनका लागि ठाउँ ठाउँमा सुरक्षाकर्मी राखिएको छ ।

सोमबार विहान जुन समयमा भारतीय गृहमन्त्री अमित शाह संसदमा अनुच्छेद ३७० हटाउने फैसलाको घोषणा गरिरहेका थिए त्यस समयदेखि जम्मूमा मानिस आफ्नो घरमा कैद जस्तै बनेका छन् ।

बुधबार विहान जनतालाई राहत दिनका लागि अवस्था सामान्य बनाउने प्रयास गरिएको थियो । अन्य राज्यबाट आएका पर्यटक तथा श्रद्धालुले पनि मुस्किलको सामना गरिरहेका छन् ।

सत्तारुढ भाजपाका केही कार्यकर्ताले देशको झन्डा लिएर शहरमा देखा परेका थिए । उनीहरुले खुसीयालीमा ढोल बजाएर मिठाइपनि बाँडेका थिए ।

हिन्दू बहुल जम्मू क्षेत्रमा केही मानिसले फैसलाको स्वागत गरेका थिए । उनीहरुको भनाइ थियो ‘अनुच्छेद ३७० हटाउने फैसलाले जम्मूले आफ्नो हक पाएको छ र छिमेकी राज्यका लगानीकर्ता आएर यहाँ उद्योग खोल्ने र बेरोजगारी समस्या समाधान हुनसक्छ ।’

उनीहरुले केन्द्र सरकारले जम्मूलाई थप मद्दत गर्ने अनुमान पनि गरेका छन् ।

केही हिन्दूवादीले भने यो फैसलाले समस्या झन् जटिल बन्ने अनुमान गरेका छन् । यो फैसलाले कश्मीर घाटीका मानिस रिसाउने र समस्या अझ बढ्ने कतिपयको अनुमान छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  १ : २८ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले