कश्मीरमा ५६० जना पक्राउ, सुरक्षा व्यवस्थामा कडा « Khabarhub

कश्मीरमा ५६० जना पक्राउ, सुरक्षा व्यवस्थामा कडा


२३ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर– भारत प्रशासित कश्मीरमा विभिन्न क्षेत्रका ५६० जनालाई पक्राउ गरिएको छ ।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया र इन्डियन एक्सप्रेसले जम्मू कश्मीरमा विश्वविद्यालयका प्राध्यापक, व्यवसायी र अधिकारकर्मीसमेत गरि ५६० जनाभन्दा बढीलाई पक्राउ गरिएको जनाएका छन् ।

उनीहरुलाई श्रीनगर, बारामुल्ला र गुरेजलगायत क्षेत्रमा अस्थायी शिविर बनाएर राखिएको छ ।

जम्मू कश्मीरले पाएको विशेष राज्यको मान्यता खारेज गर्ने भारत सरकारको निर्णयपछि हिंसा मच्चिन सक्ने सम्भावना रहेका कारण उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

गत सोमबार भारत सरकारले जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने संविधानको धारा ‘३७० र ३५ ए’ खारेज गरेपछि जम्मू कश्मीरमा प्रदर्शन हुँदै आइरहेको छ ।

जम्मू कश्मीरको सुरक्षा व्यवस्था सुदृढ तुल्याउन दशौँ हजार सेना र प्रहरी तैनाथ गरिएको छ ।

त्यहाँ बन्द गरिएको इन्टरनेट र फोन सेवा अझै सुचालु भइसकेको छैन भने मानिसको आवागमनमा अत्यन्त कडाई गरिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहिबार  २ : ४१ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति