कश्मीरमा ५६० जना पक्राउ, सुरक्षा व्यवस्थामा कडा « Khabarhub

कश्मीरमा ५६० जना पक्राउ, सुरक्षा व्यवस्थामा कडा


२३ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर– भारत प्रशासित कश्मीरमा विभिन्न क्षेत्रका ५६० जनालाई पक्राउ गरिएको छ ।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया र इन्डियन एक्सप्रेसले जम्मू कश्मीरमा विश्वविद्यालयका प्राध्यापक, व्यवसायी र अधिकारकर्मीसमेत गरि ५६० जनाभन्दा बढीलाई पक्राउ गरिएको जनाएका छन् ।

उनीहरुलाई श्रीनगर, बारामुल्ला र गुरेजलगायत क्षेत्रमा अस्थायी शिविर बनाएर राखिएको छ ।

जम्मू कश्मीरले पाएको विशेष राज्यको मान्यता खारेज गर्ने भारत सरकारको निर्णयपछि हिंसा मच्चिन सक्ने सम्भावना रहेका कारण उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

गत सोमबार भारत सरकारले जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने संविधानको धारा ‘३७० र ३५ ए’ खारेज गरेपछि जम्मू कश्मीरमा प्रदर्शन हुँदै आइरहेको छ ।

जम्मू कश्मीरको सुरक्षा व्यवस्था सुदृढ तुल्याउन दशौँ हजार सेना र प्रहरी तैनाथ गरिएको छ ।

त्यहाँ बन्द गरिएको इन्टरनेट र फोन सेवा अझै सुचालु भइसकेको छैन भने मानिसको आवागमनमा अत्यन्त कडाई गरिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहिबार  २ : ४१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको