कर्णालीका सबै जिल्लाहरुलाई राष्ट्रिय प्रशारण लाईनमा आवद्ध गर्ने सरकारको योजना « Khabarhub

कर्णालीका सबै जिल्लाहरुलाई राष्ट्रिय प्रशारण लाईनमा आवद्ध गर्ने सरकारको योजना


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले जुम्लामा विद्युत्को बैकल्पिक व्यवस्थाको लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको बताएका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै मन्त्री पुनले जुम्लामा विद्युत् आपुर्तिमा आएको समस्याबारे आफुहरुलाई जानकारी प्राप्त भए लगत्तै बैकल्पिक प्रयास सुरु गरिएको उल्लेख गरे ।

उनले नेपाल विद्युत् प्राधिकरणको मस्र्याङदी जलविद्युत् केन्द्रमा रहेको ३ सय केविए क्षमताको डिजेल जेनेरेटर पठाउने गरि आवश्यक निर्देशन र प्रक्रिया अघि बढाएको बताए ।

जुम्लाका सांसद गजेन्द्र महतले जुम्लामा देखिएको विद्युत् आपुर्तिको समस्या सम्बोधनका लागि सम्बन्धित मन्त्री र विद्युत् प्राधिकरणले गम्भीरता नदेखाएको भन्दै मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका थिए । उनले मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकले फोन पनि नउठाएको र भेटका लागि पनि समय नदिएको गुनासो गरे ।

मन्त्री पुनले कर्णालीका सम्पूर्ण जिल्लाहरुलाई राष्ट्रिय प्रशारण लाईनमा आवद्ध गर्ने योजना सरकारले अघि बढाएको बताए । जुम्लामा ३३ केवि प्रशारण लाईनका लागि यसै बर्ष दैलेख जुम्ला ट्रान्समिसन लाईनका लागि टेण्डर भएर छनौट पनि भईसकेको भन्दै उनले २ बर्ष भित्र प्रशारणलाई बनिसक्ने बताए । साथै उनले यसै बर्षको बजेटमा कर्णाली प्रदेश, सुदुरपश्चिम र प्रदेश नम्बर २ को पुर्व विद्युतीकरणको लागि बजेटको व्यवस्था गरिएको उनले जानकारी दिए ।

सांसद महतको जिज्ञासाको सम्बोधन गर्दै उनले हटलाईन सेवा मार्फत जुम्लाका उपभोक्ताबाट पावर प्लाण्ट विग्रेको जानकारी आफुले पाएको तर सांसद महतले आफुसंग भेट्न गरेको प्रयास बारे जानकार नभएको स्पष्ट पारे । उनले आवेगमा नआई सामान्य ढंगले समस्याको ध्यानार्काण गराउदा उपयुक्त हुने सुझाव समेत दिए । उनले भने “जुन आवेगमा राख्नु भयो त्यही उचाईको आक्रोशमा नराखेर सामान्य ढंगले ध्यानाकर्षण गराउँदा पनि हुन्थ्यो ।”

उनले जुम्लामा २ सय ४० किलोवाटको विद्युत् प्राधिकरणको प्लाण्ट रहेको र सो प्लाण्ट उपभोक्ताको सहभागीतामा संचालन हुदै आएको स्पष्ट पारे । साथै उनले सोही उपभोक्ता समितिले नै आयोजनाको संचालन मर्मत संभार सम्बन्धी सम्पुर्ण कामहरु गर्दे आएको र जुम्ला साना उपभोक्ता समितिको म्याद २०७७ मंसिर सम्म रहेको जानकारी समेत गराए ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ३ : ०७ बजे

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं– सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते

राजसंस्था पुन:स्थापनाको माग राख्दै काठमाडौंमा बाइक र्‍याली (तस्बिरहरू)

काठमाडौं– संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र

साम्बाको उपचार माग्दै एन्फाविरुद्ध उत्रिए खेलाडी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारमा

हामीलाई दुखेको छ, दुखेको मान्छे कराउँछ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूलाई दुखेको

तेह्रथुम, पाँचथरमा उत्पादन भएको तरकारी खुवाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र