सामसुङ ग्यालेक्सी नोट १० सार्वजनिक, ‘फाइभ–जी’का साथै ट्रिपल क्यामेरा « Khabarhub

सामसुङ ग्यालेक्सी नोट १० सार्वजनिक, ‘फाइभ–जी’का साथै ट्रिपल क्यामेरा


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्रयोगकर्ताहरुको पर्खाइमा रहेको सामसुङ ग्यालेक्सी नोट १० को सिरिज सार्वजनिक भएको छ । न्यूयोर्कमा भएको एक कार्यक्रमकाबीच सामसुङले आफ्नो पछिल्लो ग्यालेक्सी नोट १० सिरिज सार्वजनिक गरेको हो ।

६.३ इन्चको डिस्प्ले रहेको ग्यालेक्सी नोट १० मा एस पेनको फिचर पनि उपलब्ध छ । यसका साथै ग्यालेक्सी नोट १० प्लसमा भने ६.८ इन्चको डिस्प्ले रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा ८ जिबी र्‍याम तथा २५६ जिबी स्टोरेज भएको ग्यालेक्सी नोट १० को मोडलहरु सार्वजनिक गरिएको छ ।

न्यूयोर्कमा यसको एलटीई भर्सनका साथ ‘फाइभ–जी’ वाला स्मार्टफोन सार्वजनिक गरिएको थियो । ग्यालेक्सी नोट १० मा माइक्रो एसडी कार्ड राख्ने स्लट भने उपलब्ध छैन । ग्यालेक्सी नोट १० प्लसमा भने माइक्रो एसडी कार्ड स्लट उपलब्ध रहेको छ । यसको सहयोगमा स्टोरेजलाई १ टिबीसम्म बढाउन सकिने छ ।

नोट १० प्लसमा १२ जिबी र्‍याम र २५६ वा ५१२ जिबी स्टोरेजको विकल्प रहेको छ । दक्षिण कोरियामा भने यसको ‘फाइभ–जी’ भेरियन्ट उपलब्ध रहने छ ।

ग्यालेक्सी नोट १० मा तीन वटा क्यामेराको सुविधा उपलब्ध छ ।

१६ मेगाफिक्सेलको अल्ट्रा वाइड क्यामेरा, १२ मेगाफिक्सेलको वाइड एंगल क्यामेरा र १२ मेगाफिक्सेलको टेलिफोटो क्यामेरा रहेका छन् । यसका साथै १० मेगाफिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

ग्यालेक्सी नोट १० मा ३५०० एमएएचको ब्याट्री रहेको छ भने ग्यालेसक्सी नोट १० प्लसमा ४३०० एमएएचको ब्याट्री रहेको छ । दक्षिण एसियाली बजारमा भने ग्यालेक्सी नोट १० र नोट १० प्लसको प्रि बुकिङ लिन शुरु भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ४ : ०८ बजे

बैतडीमा ४०७ जनाले हातहतियार बुझाए

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई

रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश

रोल्पा – रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ३५

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना

काठमाडौं– बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा यही फागुन २१ गतेका

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि