यु–१८ साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने | Khabarhub Khabarhub

यु–१८ साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यु–१८ साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक भएको खेल तालिकाअनुसार नेपाली युवा टोलीले उद्घाटन खेलमा पाकिस्तानसँग खेल्नेछ ।

काठमाडौंमा हुने प्रतियोगिता आगामी असोज ३ देखि १२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालसहित भुटान पाकिस्तान, माल्दिभ्स, बंगलादेश, श्रीलंका र भारत रहेका छन् । ७ टोलीलाई २ समूहमा बिभाजित गरिएको छ । जसमा नेपालसहित पाकिस्तान, भुटान र माल्दिभ्स समूह ‘ए’ मा रहँदा भारत, बंगलादेश र श्रीलंका समूह ‘बी’ मा रहेका छन् ।

प्रतियोगिताको पहिलो खेल पाकिस्तानसँग खेल्ने नेपाली टोलीले दोस्रो खेल असोज ५ मा माल्दिभ्ससँग र असोज ७ गते समूह चरणको अन्तिम खेल भुटानसँग खेल्ने तालिका रहेको छ ।

प्रतियोगिता हलचोकस्थित शसस्त्र प्रहरी बलको हल्चोक मैदानमा हुनेछ । यु–१८ नेपाली युवा टाेली अहिले अभ्यासमा रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ४ : ३४ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता