डिभिजन वन कार्यालय प्रमुख लामाविरुद्ध विशेष अदालतमा मुद्दा « Khabarhub

डिभिजन वन कार्यालय प्रमुख लामाविरुद्ध विशेष अदालतमा मुद्दा


२३ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डिभिजन वन कार्यालय, कर्णाली प्रदेश सुर्खेतका कार्यालय प्रमुख भक्तबहादुर लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

लामालाई काठ दाउराको छुट पूर्जी म्याद थप गर्ने क्रममा सेवाग्राहीसँग ४ लाख घुससहित पक्राउ परेका लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले उनको कोठाभित्रको स्टिलको दराज भित्र पाँच लाख पचास हजार थप नगद समेत फेला पारेको थियो ।

अनुसन्धानको क्रममा भेटिएका आधार प्रमाण र कारणहरूबाट आरोपित डिभिजन वन अधिकृत भक्त बहादुर लामाले सुर्खेतदेखि बाँके जिल्लासम्म काठ लैजानको लागि लिएको छोडपूर्जीको म्याद थप गरिदिने प्रयोजनको लागि ४ लाख घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

आरोपित भक्तबहादुर लामाको निवास कोठाबाट बरामद भएको अतिरिक्त रकम ५ लाख पचास हजारको हकमा सम्पत्ति सम्बन्धी छुट्टै अनुसन्धान गर्न आयोगले निर्णय गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहिबार  ५ : २० बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब