अमेरिकामा नेपाली ढाकाको पहिरनमा मोडलहरु र्‍याम्पमा उत्रिँदै « Khabarhub

अमेरिकामा नेपाली ढाकाको पहिरनमा मोडलहरु र्‍याम्पमा उत्रिँदै


२३ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको न्यूयोर्कमा आगामी अगष्ट १७ मा ‘नेपाली ढाका फेशन शो’ हुने भएको छ । ‘मिस नेपाल अर्थ अमेरिका’को कार्यक्रममा मोडलहरु नेपाली ढाकाको पहिरनमा र्‍याम्पमा उत्रिन लागेका हुन् ।

विगत १७ वर्षदेखि व्यावसायिकरुपमा नेपाली ढाकाका विभिन्न डिजाइन तयार पार्दै आएकी कल्पना लिम्बूले डिजाइन गरेको नेपाली ढाकाको पोषाकहरु मोडलहरुले पहिरिनेछन् ।

वि.स. २०६४ सालमा ‘द हाइल्याण्ड आर्ट’ को दर्ता गरेर व्यावसायिक रुपमा ढाका कपडाको व्यवसाय सुरु गरेकी कल्पनाले आफूले तयार पारेको पोशाकले अमेरिकी फेशन शोमा स्थान पाउँदा गर्ब लागेको बताइन् ।

उनले आफूले डिजाइन गरेका नेपाली ढाकाका पोषाकहरुको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दो भए पनि अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममका लागि भने पहिलो पटक माग भएको बताइन् ।

खबरहबसँग कुरा गर्दे कल्पनाले भनिन्, ‘विदेशमा हुने कार्यक्रममा मैले बुनेका पोषाकले स्थान पाउनु गर्बको विषय हो, अमेरिकामा नेपाली ढाकाले स्थान पाउनुमेरो लागि मात्र नभएर नेपालकै लागि खुशीको कुरा हो ।’

अमेरिकाको टेक्सासस्थित टिसा कम्पनीसँग ‘द हाइल्याण्ड आर्ट’ कम्पनी जोडिएको बताउँदै उनले भनिन् ‘त्यही कम्पनीमार्फत मैले नेपाली ढाकाको डिजाइन गरेर कपडा पठाउन लागेकी हुँ, कपडा तयारी भइसकेको छ ।’

उनले आफूले डिजाइन गरेका ढाकाका पोषाकहरु मुलुकका विभिन्न स्थानमा भएका ४० वटा भन्दा बढी फेशन शो हरुमा प्रयोग भइसकेको बताइन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहिबार  ६ : ४५ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म