दशगजा सीमा स्पष्ट नहुँदा इलाममा पूर्वाधार निर्माण रोकियो « Khabarhub

दशगजा सीमा स्पष्ट नहुँदा इलाममा पूर्वाधार निर्माण रोकियो


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पशुपतिनगर– इलाम जिल्लामा नेपाल–भारत सीमा छुट्याउने दशगजा स्पष्ट नहुँदा भौतिक पूर्वाधार निर्माण गर्न समस्या भएको छ ।

पशुपतिनगर सीमा प्रशासन कार्यालयमा सीमा स्पष्ट पार्ने नक्सा र प्राविधिक टोली नभएकाले जनप्रतिनिधिले गृह मन्त्रालय र नापी विभागसँग तत्काल समाधानको पहलका लागि माग गरेका छन् ।

सन्दकपुर गाउँपालिका– २ र ४ स्थित सन्दकपुरमा प्रदेश सरकारले निर्माण शुरु गरेको भ्युटावर बीचमै रोकिएको छ । नेपाल–भारत सीमा क्षेत्रको दशगजा छुट्याउन नसक्दा निर्माण रोकिएको हो । ‘सीमा क्षेत्र छुट्याउन नक्सा र प्राविधिकको अभाव छ’, गाउँपालिका अध्यक्ष उदय राईले भने, ‘दशगजा कहाँ हो भन्ने स्पष्ट नभएपछि दुई देशका सीमा सुरक्षा अधिकारीले अहिले काम नगर्ने भनी सहमति जनाएपछि काम रोकिएको हो ।’

सन्दकपुर गाउँपालिकाकै गैरीबास कालपोखरी जोड्ने पर्यटकीय पदमार्ग निर्माणमा भारतीय सीमासुरक्षा बलले अवरोध गरेको थियो । स्थानीय सुरक्षा अधिकारीले स्थलगत अध्ययन गरेपछि काम पुनःसञ्चालन भएको छ ।

सूर्योदय नगरपालिका–२ चार माइल हुँदै भारत प्रवेश गर्ने बाटोमा भारतीय सुरक्षा बलले खाडल खनेको थियो । खाडल पुर्ने सहमतिपछि सडक पुरानै अवस्थामा सञ्चालित छ । दुवै देशको सीमा क्षेत्र स्पष्ट नछुट्टिएका कारण समस्या हुने गरेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए ।

सीमा क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण गर्दा समस्या हुने गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमसिनाले बताए । ‘सीमा समस्याबारे गृहमन्त्रालय र नापी विभागसँग समन्वय भइरहेको छ’, उनले भने ।

सीमा क्षेत्र व्यवस्थित गर्न सडकको स्तरोन्नति र भारतपट्टि पनि भन्सार कार्यालय राख्न पहल गरिनुपर्ने सीमा सुरक्षा पोष्ट पशुपतिनगरका प्रमुख संशाकध्वज कार्कीले बताए । ‘सीमा क्षेत्रको ५२ किलोमिटर क्षेत्रमा सडकको पहुँच छैन’, उनले भने, ‘सडक अभाव हुँदा सुरक्षाकर्मी पुग्न घण्टौँ लाग्ने गरेको छ ।’ सरकारले पशुपतिनगरमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट स्थापना गरेपछि सीमा क्षेत्रका समस्या सोही पोष्टले हेर्दै आएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ७ : ३६ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन