कार्यविधि नहुँदा वैदेशिक रोजगारीबाट फर्किएकालाई कर्जा प्रवाह गर्न समस्या « Khabarhub

कार्यविधि नहुँदा वैदेशिक रोजगारीबाट फर्किएकालाई कर्जा प्रवाह गर्न समस्या


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बैंकर्स संघले सरकारले कर्जाको सुरक्षण गर्ने कार्यविधि तय नगरेकाले वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुलाई कर्जा प्रवाह गर्न समस्या भइरहेको स्पष्ट पारेको छ ।

संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले साँढे पाँच वर्षसम्म कर्जा सुरक्षण हुने गरी कार्यविधि तय सरकारले नगरेकै कारण वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई सहुलियत दरमा कर्जा प्रवाह गर्न समस्या भइरहेको बताए ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रवाह गरिएको कर्जाको असुली प्रक्रिया एक वर्ष भित्र पनि शुरु नभए नेपाल राष्ट्र बैंकमा कर्जा नोक्सान सुरक्षण दावी गर्न नमिल्ने प्रावधान अहिले पनि रहेकाले बैंकहरुले ५ वर्षसम्मका लागि वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउन नसक्ने अवस्था रहेको पनि बताए ।

उनले कर्जा लिनका लागि सो कर्जालाई सदुपयोग गर्ने कार्यक्रम र ऋण तिर्ने स्पष्ट कार्ययोजना पनि बैंकमा पेश गर्न वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुलाई पटकपटक आग्रह गरे ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले भने कर्जा सुरक्षाको जिम्मा सरकारले लिनेभन्दै वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई कर्जा प्रवाहमा ढिलाई नगरी दिन बैंकहरुलाई सचेत गराएका थिए । उनले सरकारले वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको ज्ञान, अनुभव र सिपलाई सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउने नीति लिएको पनि स्मरण गराए ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ७ : ४६ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली