‘नीजि क्षेत्रलाई शंकाको दृष्टिले हेर्दा अर्थतन्त्र ओरालो’ « Khabarhub

‘नीजि क्षेत्रलाई शंकाको दृष्टिले हेर्दा अर्थतन्त्र ओरालो’


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा (संयुक्त)ले नागरिक र नीजि क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने सरकारको नीतिको कारण नेपाली अर्थतन्त्र ओरालो लागेको जनाएको छ ।

राप्रपाका अध्यक्षद्वय पशुपति समशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले नीजि क्षेत्रलाई अत्याउने, अविश्वास गर्ने सरकारी नीतिले नेपाली अर्थतन्त्र गम्भीर मोडमा पुगेको बताएका हुन् ।

अध्यक्ष राणाले भने, ‘अर्थतन्त्र संकटपूर्ण अवस्थामा छ । विदेशी मुद्रा संचितिले पाँच महिनाको आयात मात्र धान्ने अवस्था छ । तर सरकार, नेपाल राष्ट्र बैंकले जिम्मेवारी बहन गरेको छैन, यस सम्बन्धमा कुनै नीति छैन ।’

उनले आफूहरु उदारवादमा विश्वास गर्दै उदारवादी अर्थतनीतिका आधारमा सरकारले केवल नियमकको भूमिका निर्वाह गर्ने बताए । सरकार स्वयमले उद्योग व्यवसाय संचालन गर्छु भन्नु गल्ती भएको तर्क गर्दै उनले उद्योग, व्यवसाय, वाणिज्य सम्बन्धी नीतिमा आमूल परिवर्तन गर्नुपर्ने बताए ।

अर्का अध्यक्ष डा. लोहनीले कलकारखानामा ह्रास आएको, उत्पादन, रोजगारी घटेर गएको अवस्थाको चित्रण गर्दै सरकारको गलत नीतिले अर्थतन्त्र संकटको घेरामा परेको तर्क गरे ।

उनले भने, ‘आर्थिक विकासको आधार पूँजी–श्रम र प्रविधिको समीश्रणबाट हुने उत्पादकत्व वृद्धि हो । नेपालको कलकारखाना क्षेत्रको उत्पादकत्व घटेर जानु चिन्ताको विषय हो ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरीष्ठ उपाध्यक्ष शेखर गोल्छाले सबैभन्दा शक्तिशाली सरकारको रुपमा आएको वर्तमान सरकारसँग आशा निराशामा परिणत हुने अवस्था आएको तर्क गरे । उनले व्यापार घाटा बढेको बताउँदै आयात निर्यात सन्तुलन १ ः १४ को अनुपातमा रहेको बताए ।

कार्यक्रममा के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडले उद्योग व्यवसाय, अर्थतन्त्र विकासको पक्षमा सरकारको दिर्घकालीन नीति नरहेको आरोप लगाए ।

उनले भने, ‘निर्यातमा प्रोत्साहन छैन, काम गर्ने वातावरण ब्रेक लगाउने अवस्था विद्यमान छ । तर, वातावरण, नीति नियम, कानुनमा सुधार ल्याउने हो भने नीजि क्षेत्रसँगको साझेदारीमा उत्पादन र आर्थिक वृद्धि सम्भव छ ।”

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले आयातमुखी नभएर उत्पादनमुखी अवधारणा आवश्यक रहेको बताएका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ८ : २३ बजे

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

सुदूरपश्चिम- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी क्रियाकलापको