सुबिसुको अवरुद्ध सेवा केही दिनमै पूर्णरुपमा सञ्चालन हुने | Khabarhub Khabarhub

सुबिसुको अवरुद्ध सेवा केही दिनमै पूर्णरुपमा सञ्चालन हुने


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्टरनेट, नेटवर्क तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रालिले एक, दुई दिनभित्रै सम्पूर्ण सेवा सञ्चालन हुनेगरी काम भइरहेको जनाएको छ ।

काठमाडौँस्थित बालुवाटारमा रहेको डाटा सेन्टरमा बुधबार भीषण आगलागी भएर अवरुद्ध भएको सेवा सञ्चालन गर्न प्राविधिक खटिएको सुबिसु कार्यालयले बिहीबार एक विज्ञप्तिमार्फत जनाएको छ ।

बुधबार आगलागी भएको केही घन्टाभित्रै थापाथलीस्थित वैकल्पिक डाटा सेन्टरबाट ९० प्रतिशत सेवाग्राहीको सेवा सुचारु गराएको उक्त विज्ञप्तिमा उल्लेख छ । विसं २०७२ को भूकम्प पश्चात थापाथलीमा वैकल्पिक डाटा सेन्टरको स्थापना गरिएको थियो ।

क्षतिग्रस्त बालुवाटारको डाटा सेन्टरमा आबद्ध भएका सेवाग्राहीको सेवा सञ्चालन गर्न प्रयासरत रहेको र केही दिनमा नै सेवा सुचारु गर्ने सुबिसुले जनाएको छ ।

काठमाडौँ महानगरपालिका–४ स्थित बालुवाटारमा बुधबार विद्युत् चुहिएर आगलागी भई कार्यालय प्रयोजनका लागि सञ्चय गरेर राखिएको डिजलमा आगो सल्किँदा उक्त कम्पनीमा ठूलो क्षति भएको हो । क्षतिको विवरण सकलन भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ९ : २३ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम