किन खाने रायोको साग « Khabarhub

किन खाने रायोको साग


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

साग आफैंमा उपयोगी तरकारी हो । पकाएर र काँचै खान मिल्ने साग स्वादिलो पनि हुन्छ । त्यसमा पनि रायोको साग बहु उपयोगी हुन्छ ।

संसारभर पाइने अनकौँ तरकारीमध्ये दोस्रो बढी पोषणयुक्त तरकारीमा रायो पर्छ । तसर्थ, रायो स्वास्थ्यका दृष्टिले झनै लाभदायक छ । धेरै पकाउँदा भने यसमा रहेका पोषण तत्व नष्ट हुन सक्छ ।

यो उपयोगी रायोको सागका फाइदा थाहा पाउनुहोस्

  • -रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । रतन्धो, पुरानो बाथ, कफ आदिबाट बच्न रायो उपयोगी हुन्छ ।
  • -रायोमा पाइन्ने भिटामिन ए, सी र केयुक्त तत्वले हाम्रो शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छन् ।
  • -रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ ।
  • -रायोको दाना पिसेर तरकारीमा हालेर खाँदा पाचन पक्रिया बलियो बन्छ । यसले भोक नलाग्ने समस्यासमेत हटाउँछ ।
  • -शरीरमा भिटामिन केको कमी भएमा गर्भवतीलाई वाकवाकी बढी नै लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा समस्या हल हुन्छ ।
  • -जाडोमा बाथका रोगीलाई हड्डी दुख्ने समस्या हुन्छ, खासमा बढी बुढाबुढीलाई । रायोमा पाइने कपरले यो समस्या हल गर्छ।
  • -रायो भिटामिन सीको पनि राम्रो स्रोत हो । तसर्थ, रुघाखोकी लागिरहने मानिसले रायोको साग खानुपर्छ ।
  • -रायोले पिसाबनलीमा हुने पत्थरीलाई कम गर्छ ।
  • -रायोको साग नियमित खाँदा क्यान्सरको जोखिमलाई कम गर्दछ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ६ : ५५ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

राष्ट्रिय झण्डा आधा झुकाइने काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित