यस वर्ष दशैंको टीका लगाउने साइत १० बजेर ३५ मिनेटमा « Khabarhub

यस वर्ष दशैंको टीका लगाउने साइत १० बजेर ३५ मिनेटमा


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको दशैंको टीकाका साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेटका लागि निर्धारण गरिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिको शनिबार बसेको बैठकले दशैंको घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो ।

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा रामचन्द्र गौतमले विजयी दशमीको दिन देवी विसर्जन गर्ने साइत भने २१ गते बिहान ८ बजेर ४५ मिनेटका लागि निर्धारण गरिएको जानकारी दिए ।

यस वर्ष असोज १२ गते (आइतबार)देखि नवरात्र शुरु हुने छ । नवरात्रको पहिलो दिन घटस्थापना गर्ने साइत बिहान १० बजेर ३५ मिनेटका लागि निर्धारण गरिएको छ ।

घटस्थापनाको दोस्रो दिन असोज १३ गते नेपाली सेनाको झण्डा फेर्ने साइत तोकिएको छ । अध्यक्ष गौतमका अनुसार सेनाको झण्डा फेर्ने साइन बिहान १० बजेर २५ मिनेटमा तोकिएको छ । पश्चिम दिशातर्फ फर्किर झण्डा झण्डा फेर्दा उत्तम हुने गौतमले बताए ।

यस्तै, १६ गते पचली भैरवको यात्रा र १८ गते फुलपातीको समय बिहान ८ बजेर ५२ मिनेटको लागि तय गरिएको गौतमले जानकारी दिए ।

१९ गते आइतबार महाअष्टमी र कालरात्री शुरु हुने छ । २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १० : ३९ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि