चन्द्रयान–२ सम्पर्क विहीन भएपछि भारतीय फिल्म उद्योगमा चर्चा, कस्ले के लेखे ? « Khabarhub

चन्द्रयान–२ सम्पर्क विहीन भएपछि भारतीय फिल्म उद्योगमा चर्चा, कस्ले के लेखे ?


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मिसन चन्द्रयान–२ लाई त्यो समयमा झड्का लाग्यो, जब चन्द्रमाको सतहमा पुग्न २.१ किलोमिटर पहिले लैंडर विक्रमबाट सम्पर्कविच्छेद भयो ।

यस घटनालाई लिएर बैज्ञानिकको कामको सराहना भइरहेको छ । साथै मिसन चन्द्रयान–२ को ताफिस समेत गरिएको छ ।

चन्द्रयान–२ लाई लिएर चौतर्फी प्रतिक्रिया आइरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि लिएर विपक्षी नेतहरुमात्र नभएर बलिउडका चर्चित कलाकारहरुले समेत भविष्यमा सफलताको कामना गरेका छन् ।

बलिउडकर्मीहरुले बैज्ञानिकहरुको प्रयासलाई लिएर उनीहरुको कामको प्रसंशा गर्नुका साथै तारिफ समेत गरेका छन् ।

यसै क्रममा बलिउड महानायक अमिताभ बच्चनले ट्वीट गर्दै लेखेका छन्, ‘गर्व गर्ने विषयमा कहिल्य हारको सामना गर्नुपर्दैन । हाम्रो गौरव नै हाम्रो जीत हो । इसरो माथि गर्व छ । यो कहिल्यै थाक्नेछैन, कहीँ मोडिने छैन, न कहिल्यै थामिने छ ….. ।

अक्षयकुमारले ट्वीट गर्दै लेखेका छन्– ‘बिना प्रयास कुनै विज्ञान सफल हुँदैन । कहिले काहीँ हामी सफल हुन्छौं, कहिले काँही पाठ सिक्छौं । इसरोको शानदार दिमागको सलाम । हामीलाई गर्व छ र विश्वास पनि । चन्द्रयान चाँडै चन्द्रयान–३ का लागि बाटो तय गर्नेछ । हामी फेरि शिर ठाडो गर्नेछौं ।

बलिउड अभिनेता शाहरुख खानले पनि चन्द्रयान–२ लाइि लिएर ट्वीटरमा लेखेका छन्– ‘धेरै समय हामी त्यो लक्ष्य पूरा गर्न सक्दैनौं, जहाँ हामीलाई पुग्नुछ । महत्वपूर्ण कुरा यो हो कि हामीले कोशिस ग¥यौं, भरोस र विश्वास कायम राखेका छौं । यही नै फाइनल डेस्टिनेशन होइन । इसरोको प्रयासप्रति गर्व छ ।’

स्वर कोकिलाको उपमा पाएकी गायिका लता मंगेशकरले यस विषयमा भनेकी छिन्‘ सम्पर्क टुटेको हो, संकल्प टुटेको छैन । साहस अझै बढी उचो छ । मलाई विश्वास छ, हामीलाई सफलता जरुर मिल्नेछ ।’

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १२ : ०९ बजे

रक्षा मन्त्रालय मातहतका विकास आयोजना तथा कार्यक्रमको प्रगति समीक्षा

काठमाडौं– रक्षा मन्त्रालयअन्तर्गतका निकायबाट चालु आर्थिक वर्ष २०८२-८३ मा सञ्चालित

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा धनुषा जिल्लाका भ्रष्टाचारसम्बन्धी

कृषाको ‘पारस’मा निखिल र जसितापछि प्रियंकाको इन्ट्री

काठमाडौं – कृषा चौलागाईको निर्देशनमा बन्न लागेको फिल्म ‘पारस’मा नायिका

अमेरिकालाई जापानको साढे पाँच खर्ब डलर प्रतिबद्धता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी विजयपछि जापानका प्रधानमन्त्री

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस्

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरी चुनावी