तालिबानसँगको शान्ति सम्झौता रद्द गर्ने ट्रम्पको घोषणा « Khabarhub

तालिबानसँगको शान्ति सम्झौता रद्द गर्ने ट्रम्पको घोषणा


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक अतिवादी संगठन तालिबानसँगको शान्ति सम्झौताबाट पछि हट्ने बताएका छन् ।

शान्ति सम्झौताको प्रक्रियाअन्तर्गत पछिल्लो वैठकमा ट्रम्प तालिबान नेता र अफागनी राष्ट्रपति समेत सहभागी हुने गोप्य बैठकमा सहभागी हुने कार्यक्रम थियो । तर, अब उक्त वार्ता नै रद्द गरिदिएको ट्रम्पको भनाइ छ ।

माइक्रो ब्लगिङ साइट ट्वीटरमा सन्देश लेख्दै राष्ट्रपति ट्रम्पले पछिल्लो पटक बिहीबार भएको एक कार बम विस्फोट पछि शान्ति सम्झौता नै रद्द गर्ने बताएका छन् ।

बिहीबार अफगानिस्तानको राजधानी काबुलमा भएको कार बम विस्फोटमा एक अमेरिकी सैनिकसहित १२ जनाको मृत्यु भएको थियो । उक्त हमलाको जिम्मेवारी तालिबानले लिएको थियो ।

अफगानिस्तानका लागि विशेष अमेरिकी राजदूत जल्मे खलिलजादले गत सोमबर तालिबानसँग सैद्धान्तिक रुपमा एक शान्ति सम्झौता हुने बताएका थिए ।

प्रस्तावित शान्ति सम्झौताअनुसार अमेरिका अबको २० मा अफगानिस्तानबाट आफ्ना ५ हजार ४ सय सैनिकलाई फिर्ता बोलाउन राजी समेत भएको थियो । यद्यपि उक्त सम्झौतालाई अन्तिम रुप भने राष्ट्रपति ट्रम्पले नै दिने भनिएको थियो ।

तर, बिहीबार काबुलमा भएको बम विस्फोट पछि तालिबान पक्षबाट शान्ति सम्झौताको पालना हुने विषयमा अमेरिकाले आशंका जनाएको छ ।

तालिबानले १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन गरेको थियो ।

अफगानिस्तानमा २००१ देखि अमेरिकाको अगुवाइमा सैन्य अभियान शुरु भएको थियो । अन्तर्राष्ट्रिय गठवन्धन सेनाको रुपमा भएको सैन्य अभियानअन्तर्गत हालसम्म करिब ३ हजार ५ सय सैनिक मारिएका बीबीसीले जनाएको छ । मारिनेमध्ये २ हजार ३ सय जना अमेरिकी सैनिक छन् ।

 

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १२ : ०३ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम