नेपालद्वारा बंगलादेश सामू २६२ रनको लक्ष्य « Khabarhub

नेपालद्वारा बंगलादेश सामू २६२ रनको लक्ष्य


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले बंगलादेश सामू २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली युवाटोलीले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २६१ रन बनाएको थियो ।

नेपाली व्याट्सम्यान पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय पारी खेले । सर्राफले १०९ बल खेल्दै ८१ रन जोड्दा जोराले ३७ बलमा ५६ रन जोडे ।

त्यस्तै रित गौतमले ३२, कुशल मल्लले २८, भीम सार्किले २१ रन जोडे ।

रोहित कुमार पौडेलले १४, कमल सिंह ऐरीले ९, रसिद खानले ६ असिफ सेशले ३ र हरिचरण चौहानले एक रन जोडे ।
नेपाल आफ्नो पहिलो खेलमा श्रीलंकासँग पाँच विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १ : ०७ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,