ट्याक्टर घर भित्र छिर्दा १३ वर्षीय अनिलको ज्यान गयो « Khabarhub

ट्याक्टर घर भित्र छिर्दा १३ वर्षीय अनिलको ज्यान गयो


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दाङ, धनुषा र महोत्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-६ गलौरास्थित सडकमा रा.१ त २६३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा सर्केनी बिकको १३ वर्षीय छोरा अनिल सुनारको मृत्यु भएको छ ।

सर्केनीको घरमा उक्त ट्याक्टर ठोक्किएर गारो फोडी ठक्कर दिंदा गम्भीर घाइते भएका अनिलको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका-१९ थुमौनास्थित सडकमा ज.१२ प ७९९७ नम्बरको मोटरसाइकलकले शनिबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका साईकलयात्री सोही स्थान बस्ने ४५ वर्षीय नवल यादवको अञ्चल अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार मिथिला विहारी नगरपालिका-३ का २५ वर्षीय चन्दन साह र ३५ वर्षीय बिजय साहलाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाइएको छ ।

महोत्तरी, बर्दिवास नगरपालिका-३ स्थित सडकमा बा.२१ च ४४४१ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई शनिबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएकी एम्बुलेन्समा सवार बर्दिवास नगरपालिका-३ बस्ने ५० वर्षीया तारा वादीको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका पैदलयात्री धनुषा मिथिला विहारी नगरपालिका-४ बस्ने २१ वर्षीय रोशन बराईली सहित अन्य ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १ : १९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य