एनसेल लाभकरबारे सर्वोच्चले गरेको आदेशविरुद्ध संसदमा उठ्यो प्रश्न « Khabarhub

एनसेल लाभकरबारे सर्वोच्चले गरेको आदेशविरुद्ध संसदमा उठ्यो प्रश्न


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको पूँजीगत लाभकर प्रकरणमा सर्वोच्च अदालतले जारी गरेको आदेशप्रति संघीय संसदमा प्रश्न उठेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलका प्रमुख सचेतक देब गुरुङले एनसेलको लाभकर प्रकरणमा सर्वोच्चले जारी गरेको आदेशबारे संसदमा प्रश्न उठाएका हुन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै नेता गुरुङले लाभकर प्रकरणमा सर्वोच्चले जारी गरेको आदेशले अरबौंको कोषको घोटाला गराएको पनि आरोप लगाए ।

नेता गुरुङले सर्वोच्च अदालतले ९ भदौमा जारी गरेको आदेशले एनसेलको पूँजीगत लाभकरण प्रकरणमा सर्वोच्च अदालतको २३ माघ २०७५ को बृहद पूर्ण इजलासले गरेको फैसलाको उल्लंघन गरेको समेत आरोप लगाए ।

नेता गुरुङले एनसेलको पूँजीगत लाभकर प्रकरणमा सर्वोच्चले गरेको आदेशविरुद्ध तत्कालन पुनरावलोकनमा जानुपर्ने भन्दै सरकारको ध्यानाकर्षण पनि गराए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १ : ५५ बजे

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२