१ हजार रुपैयाँ घुससहित २ जना पक्राउ « Khabarhub

१ हजार रुपैयाँ घुससहित २ जना पक्राउ


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १ हजार रुपैयाँ घुससहित काठमाडौंबाट २ जना पक्राउ परेका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाडौंका नायव सुब्बा पुरुषेत्तम पोखरेल र सहजकर्ता केदार प्रसाद न्यौपाने १ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पोखरेलाई १ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

पोखरेलले सहजकर्ता (कर सहयोगी) केदार प्रसाद न्यौपानेबाट १ हजार रुपैयाँ घुस लिएका थिए ।

अख्तियारको टोलीले घुस लिने पोखरेल र दिने न्यौपानेलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

दुवैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय पैवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  २ : १२ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य