वायु तत्व भएका यी राशिहरु अरु भन्दा अलग हुन्छन् « Khabarhub

वायु तत्व भएका यी राशिहरु अरु भन्दा अलग हुन्छन्


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

हरेक व्यक्तिको राशिअनुसार स्वभावहरु फरक हुने गर्दछ । आफूसँग स्वभाव नमिल्ने वा एकै गुण नभएका ब्यक्तिसँग हामीलाई व्यवहार गर्न निकै कठिन हुने गर्दछ ।

यस्तोमा सबैले अरु राशिको स्वभाव र गुण जान्न खोज्दछन् । तपाईंमा रहेको त्यो उत्सुक हामी पूरा गर्दैछौँ । धर्मशास्त्रअनुसार भूमी, अग्नि र वायुलगायतका तत्व, राशिसँग जोडिएर परिभाषित हुने गर्दछन् । वायु तत्वसँग जोडिएका राशिको स्वभाव यस्तो रहने गर्दछ ।

वायु तत्वसँग जोडिने राशिको श्रेणीमा तुला, मिथुन र कुम्भ राशिका व्यक्तिहरु पर्दछन् । तुला, कुम्भ र मिथुन राशिका व्यक्तिका सपनाहरु महत्वकांक्षी हुने गर्दछ । यी राशिका व्यक्तिको कल्पना सहज रुपमा पूरा हुन नसक्ने हुन्छ ।

अझ यी राशिका व्यक्तिहरु रहस्यमयी रहने भएकाले यीनीहरुको सोचका बारेमा अरुले अनुमान लगाउन सक्दैनन् । तर यी राशिका व्यक्ति परिस्थितिअनुसार व्यवहार गर्न माहिर हुन्छन् । यदि कुनै दुई व्यक्तिबीचको टकराव गराउनु छ वा सम्झौता गराउनु छ भने यी राशिका व्यक्ति अगाडि सरेमा काम फत्ते हुने सम्भावना हुन्छ ।

वायु तत्वको प्रभावमा व्यक्तिहरु कुनै एक स्थान वा वस्तुमा अडिग तथा टिक्न सक्दैनन् । त्यसैले तुला, मिथुन र कुम्भ राशिका ब्यक्तिको चञ्चलताले उनीहरुलाई परिवर्तन गरिरहन्छ । यी राशिका व्यक्तिको स्वभाव सामाजिक तथा धार्मिक क्षेत्रमा पनि लाग्ने हुन्छ । उनीहरु योजनाबद्ध काम गर्न मन पराउँछन् तर सक्दैनन् ।

जिज्ञासु प्रवृत्तिले तुला, मिथुन र कुम्भ राशिका व्यक्तिलाई सबैसँग घुलमिल हुन सहज बनाउने गर्दछ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ४ : ५९ बजे

भैँसेपाटीस्थित मन्त्री निवास बस्न अयोग्य, नयाँ मन्त्रीलाई अस्थायी आवासको व्यवस्था गरिने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको