एसिया कप क्रिकेटमा नेपालको दोस्रो हार, सेमिफाइनल सम्भावना समाप्त « Khabarhub

एसिया कप क्रिकेटमा नेपालको दोस्रो हार, सेमिफाइनल सम्भावना समाप्त


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । कोलम्बोमा आज भएको खेलमा बंगलादेशसँग नेपाल ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २ सय ६२ रनको लक्ष्य बंगलादेशले ४९ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । यो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । अब नेपालले अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ ।

कप्तान अक्बर अलीले विस्फोटक ब्याटिङ गरेपछि बंगलादेशले चुनौतिपूर्ण लक्ष्य पनि पूरा गर्न सफल भयो । अलीले नट आउट रहँदै ९८ रन जोडे भने तोहिद हृदयले ६० रनको योगदान गरे । यस्तै शमिम होसैनले नट आउट ४२ रन बनाउँदा महमुदुल हसन जोयले ४० रन जोडे । नेपालका कमल सिंह ऐरीले २ विकेट लिए भने रशिद खान र हरि चौहानले १–१ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६१ रन बनायो । नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले ।

पवनले १ सय ९ बलमा ८ चौका र १ छक्कासहित ८१ रनको योगदान दिए । विस्फोटक ब्याटिङ गरेका सन्दीपले ३७ बलमा ३ चौका र ३ छक्कासहित ५६ रन बनाए । यस्तै रित गौतमले ३२ रन जोड्दा कुशल मल्लले २८ रन बनाए । त्यस्तै भिम सार्कीले २१ रन बनाउँदा कप्तान रोहित पौडेलले १४ रन बनाए ।

बंगलादेशका लागि तान्जिम हसन शकिब र साहिन आलमले २–२ विकेट लिए । पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग डीएल पद्वतीका आधारमा ५ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ५ : २७ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने