राष्ट्रपतिद्वारा २ सय ३१ जनालाई विद्याभुषण “क” प्रदान « Khabarhub

राष्ट्रपतिद्वारा २ सय ३१ जनालाई विद्याभुषण “क” प्रदान


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको नेपाल विद्याभुषण ‘क’ पदकबाट २ सय ३१ जना सुशोभित भएका छन्। देश तथा विदेशका विश्वविद्यालयबाट विद्यावारिधि गरेकालाई राष्ट्रपति भण्डारीले आइतबार उक्त पदकबाट सम्मान गरेकी हुन्।

यस्तै ‘ख’ श्रेणीको नेपाल विद्याभूषण पदक १ सय १ जनाले प्राप्त गरे। यस्तै ‘ग’श्रेणीको नेपाल विद्याभूषण पदकबाट ११, विभिन्न तहमा उत्कृष्ट छात्राले पाउने नेपाल छात्रा विद्याभूषण पदकबाट ३० छात्रा पुरस्कृत भएका छन्।

पदक प्राप्त गर्नेहरुलाई राष्ट्रपति विद्या भण्डारीले विशेष समारोहकाबीच शीतल निवासमा विभुषित गरिन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार यो वर्ष कूल ३७४ जनाले पदक प्राप्त गरेका छन्।

चालिसौँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतल निवासमा पदक वितरण समारोहको आयोजना गरेको थियो।

नेपालमा विसं २०३१ देखि शिक्षा दिवस मनाउन थालिएको हो। यस वर्षको शिक्षा दिवसको आदर्श वाक्य ‘हामी सबैको प्रण : सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण’ छ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १० : २८ बजे

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी