घुस लिएको आरोपमा वन अधिकृतविरुद्ध मुद्दा « Khabarhub

घुस लिएको आरोपमा वन अधिकृतविरुद्ध मुद्दा


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँसगढी सवडिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिलकुमार गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गुप्तालाई उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिश गरेबापत सेवाग्राहीसँग रु १० हजार घुस लिएको अभियोग लागेको छ ।

यस्तै आयोगले महोत्तरी जिल्ला अदालतमा कार्यरत नापी सर्वेक्षक मोहन यादवविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । यादवलाई जिल्ला अदालतमा दर्ता भएको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस लिएको अभियोग लागेको छ । जग्गाको किचलो मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा यादवलाई आयोगको टोलीले केही दिन अघि पक्राउ गरेको हो । बिगोअनुसारको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालथोक, दुम्जामा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामबहादुर माझीलाई रु १० हजार घुस लिएको आरोपमा पक्राउ गरेको छ । काठमाडौँबाट सिन्धुली हुँदै बाहिरिने सवारीसाधनका चालकबाट माझीले घुस लिएको आरोप लागेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ७ : ४० बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य