वाइबडी खरिदमा प्रक्रियागत त्रुटि रहेको संसदीय समितिको निश्कर्ष « Khabarhub

वाइबडी खरिदमा प्रक्रियागत त्रुटि रहेको संसदीय समितिको निश्कर्ष


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायु सेवा निगमको वाइडबडी जहाज ए–३३० खरिदमा प्रक्रियागत त्रुटि भएको संसदीय समितिको प्रतिवेदनले जनाएको छ ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले जहाज खरिद सम्बन्धमा अध्ययन गर्न गठन गरेको उपसमितिले करिब १० महिना लगाएर तयार पारेको छानविन प्रतिवेदनले जहाज खरिदमा प्रक्रियागत त्रुटी औंल्याएको हो ।

प्रतिवेदनअनुसार नयाँ जहाज आए पनि त्यसबाट निगमले आगामी दिनमा पाउनुपर्ने लाभहरु भने गुमाउनु परेको छ । समितिले महालेखा परीक्षकको कार्यालयले ल्याएको वाइडवडीसम्बन्धी लेखापरीक्षणलाई समेत अपुरो भनेको छ ।

सार्वजनिक खरिद ऐन–नियमावली अन्तर्राष्ट्रिय स्तरको भए पनि त्यसको परिपालना ठीक ढंगले हुन नसकेका कारण प्रक्रियागत त्रुटि वाइडबडी खरिदमा भेटिएको समितिले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको ७ मंसिर २०७५ को बैठकले वाइडबडी जहाज खरिद सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको थियो । उपसमितिलाई शुरुमा एक महिना दिइएको थियो । तर, उपसमितिले केवल वाइडबडी मात्र नभई अन्य जहाजको समेत खरिद प्रक्रिया केलाएका कारण ४ पटक म्याद थपिएको थियो । अन्तिम पटक २४ चैत २०७५ मा १ महिना थप गरी उपसमितिलाई काम गर्न दिइएको थियो ।

समितिले कसैलाई दोषी किटानी गरेको छैन । समितिले खरिद प्रक्रियामा भएका त्रुटि औल्याएर त्यससम्बन्धमा थप छानविन गर्न सरोकारवाला निकायलाई सिफारिस गरेको छ । ती सिफारिस अनुसार छानविन तथा कारवाही प्रक्रिया अगाडि बढाउनसमेत समितिले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ९ : २० बजे

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२