कृष्णनगर सीमानाका १८ घन्टाका लागि बन्द गरिने « Khabarhub

कृष्णनगर सीमानाका १८ घन्टाका लागि बन्द गरिने


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– बडादशैंको दुर्गा विसर्जनलाई लिएर दुई देशका नागरिकबीच हुने विवादलाई मध्यनजर गर्दै कृष्णनगर सीमानाका १८ घण्टाका लागि बन्द गरिने भएको छ ।

कपिलवस्तुको कृष्णनगर–बढनी सीमानाका मंगलबार मध्याह्न १२ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि बन्द हुने भएको हो ।

दुर्गामूर्ति विर्सजन एकै दिन परेकाले शान्ति–सुरक्षाका लागि १८ घन्टा सीमा बन्द हुने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

गत वर्ष दुई देशका समुदायबीच मूर्ति विर्सजनको विषयलाई लिएर ठूलो विवाद पर्नुका साथै झडपको स्थितिसमेत सिर्जना भएको थियो । सोही कारण यसवर्ष स्थानीय प्रशासनले १८ घन्टाका लागि सीमा नाका बन्द गराउने निर्णय गरेको हो ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ८ : १९ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार