काठमाडौंमा नहुने भएपछि नेपाल र कुबेतबीचको खेल भूटानमा गर्न प्रस्ताव « Khabarhub

काठमाडौंमा नहुने भएपछि नेपाल र कुबेतबीचको खेल भूटानमा गर्न प्रस्ताव


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत नेपाल र कुबेतबीचको खेल भूटानमा गर्न प्रस्ताव गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले विज्ञप्ति जारी गर्दै दशरथ रङ्गशालामा खेल नहुने जनाएको हो । नेपाल र कुबेतबीचको खेल आगामी मङ्सिर ३ गतेका लागि दशरथ रङ्गशालामा तय भएको थियो ।

सोही खेल न्युट्रल भेन्युका रुपमा भुटानको चाङलिमिथाङ रङ्गशालामा गर्न प्रस्ताव गरिएको एन्फाले जनाएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासङ्घ (एएफसी)ले एन्फालाई खेलस्थल परिवर्तन गर्न निर्देशन दिएको थियो । अधिकतम प्रयत्नका बाबजुद नेपाल र कुबेतबीचको खेल दशरथ रङ्गशालामा गराउन नसकेकामा एन्फाले फुटबल समर्थकसँग माफीसमेत मागेको छ ।

विसं २०७२ को भूकम्पका कारण रङ्गशाला पूर्णरुपमा क्षति भएको थियो । समयमै रङ्गशालाको पुनःनिर्माण हुन नसक्दा खेल खेलाउन असमर्थ भएको एन्फाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यसअघि विश्वकप छनोटको खेलमा नेपाल कुबेतसँग ७–० गोलले पराजित भएको थियो भने चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । नेपाल अष्ट्रेलियासँग ५–० गोलले तथा जोर्डनसँग ३–० गोलले पराजित भएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ६ : १६ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा