युरोकप छनोटका लागि इंग्ल्याण्डको फुटबल टीमको घोषणा « Khabarhub

युरोकप छनोटका लागि इंग्ल्याण्डको फुटबल टीमको घोषणा


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२० मा आयोजना हुने युरो कप छनोट अन्तर्गत मोन्टेनेग्रो र कोसोभोविरुद्धको खेलका लागि इंग्ल्याण्डले राष्ट्रिय फुटबल टीमको घोषणा गरेको छ ।

इंग्ल्याण्डले बिहिबार मोन्टेनेग्रो र कोसोभोसँगको खेलका लागि २७ सदस्सीय टीमको घोषणा गरेको हो । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले घोषणा गरेको टोलीमा लेष्टर सिटीका मिडफिल्डर जेम्स म्याडीसनले टिममा स्थान बनेका छन् ।

यस्तै डिफेन्डर जोन्स स्टोन्स,मिडफिल्डर एलेक्स चेम्बरलिन र विंगर कलुम हुड्सनले टिममा पुनरागमन गरेका छन् ।

इंग्ल्याण्डले नोभेम्बर १४ मा मोन्टेनेग्रो र १७ मा कोसोभोसँग खेल्नेछ । समूह ए मा रहेको इंग्ल्याण्डलाई युरो कपमा छनोट हुन मात्र १ अंकको कमी छ ।

यस्तो रहनेछ टीम

गोलकिपर : टोम हिटन, जोर्डन पिक्फोर्ड, निक पोप

डिफेन्डर : ट्रेण्ड आर्नोल्ड, बेन चिल्वेल, जोय गोमेज, जोन स्टोन्स, ह्यारी मागुएरे, ट्यरोने मिन्ग्स, ट्य्रोने मिन्ग्स, ड्यानी रोस, केइरन ट्रीपिअर, फिकायो टोमोरी

मिडफिल्डर : रोस बार्क्ली, फाबियण डेल्फ, जोर्डन हेण्डरसन, जेम्स म्याडिसन, मासोन माउण्ट, एलेक्स चाम्बरलिन, डिक्लन राइस, ह्यारी विंक्स

फरवार्ड : टामी अब्राहम, ह्यारी केन, मार्कोस राष्फोर्ड, जाडोन सान्चो, रहिम स्ट्रर्लिङ, कलुम विल्सन, कलुम हुड्सन

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ७ : ०१ बजे

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल

पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति